वीरगन्ज–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनले
उठाएको माग सम्बोधन नगरी बलपुर्वक आन्दोलन दबाउने रणनीतिमा सरकार
लागेकोले वार्ता सफल हुन नसकेको आरोप लगाएका छन्।
उनले वार्ता सहमतिको नजिक पुगेको बेला सरकारले त्यसलाई विथोल्ने काम
गरेको बताए। 'यसअघि वार्ता सहमतिको नजिक पुग्न लागेकै बेला वीरगन्जमा
सरकारले शान्तिपुर्ण आन्दोलनमा गोली चलाएर वार्ता बिथोलेको थियो। अहिले
फेरि वार्ता साकारात्मक हुन लागेको बेला सप्तरीमा चार जनाको हत्या गरिएको
छ, यही नै हो सरकारी नियत,' महतोले भने, 'यो अवस्थामा कुनै पनि हालतमा
वार्ता र सहमति हुन सम्क्दैन, संविधान बनाएका तीन दलले हाम्रो माग
सम्बन्धमा साझा धारणा कायम गरोस र दमन बन्द गरियोस निकास तुरुन्तै
निस्किन्छ ।'
मोर्चाले सुरु गरेको आन्दोलनको एक सय दिन र नाकाबन्दीको दुई महिना पुरा
भएको सन्दर्भमा महतोले सोमबार बिहान वीरगन्जमा पत्रकारसम्मेलन गरी
आन्दोलन उचाईमा पुगेको बेला सरकारले घुसपैठ गराएर एम्बुलेन्स र औषधिको
गाडीमाथि आक्रमणको घटनाहरु गराईरहेको आरोप लगाउदै यस्तो गतिविधि रोक्न
सचेत हुनुपर्ने बताए।
वीरगन्जमा औषधिको गाडी माथि भएको आगजनी सत्तामा रहेकै दलका नेताहरुले
गराएको उनले दावी गरे । उनले गोली हानेर, दमन गरेर वा सेना परिचालन गरेर
सामाधान निस्किन्छ भन्ने भ्रम त्याग गर्न आग्रह गरे। पहाडको दुःख पीडामा
मधेशले सधैं साथ दिँदै आएको भन्दै उनले अब पहाडका जनताले पनि मधेशलाई साथ
दिनु पर्ने बताए।
नाकाबन्दी र आन्दोलनले परेको दुख पीडाप्रति आफूहरु पनि दुःखी भएको बताउदै
महतोले सरकारलाई सामाधानका निम्ति दबाव दिन सम्पुर्ण नेपाली जनताले
भूमिका निर्वाह गर्नुपर्ने बताए। सय दिन पुरा भएको अवसरमा सोमबार दिउसो १
बजे आ आफ्नो घर बाहिर निस्केर ५ मिनेट मौन धारण गरेर आन्दोलनमा
मारिएकाहरुलाई श्रद्धाञ्जली दिन मोर्चाले अह्वान गरेको उनले जनाए ।

प्रतिक्रिया