रौतहट, १३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले
रौतहटमा ३ वटा मोटरसाइकलमा आगजनी गरेका छन् । भारतबाट फुलटंकी पेट्रोल
लिएर आउँदै गरेको अवस्थामा मोर्चा कार्यकर्ताहरुले गौर बैरगनिया नाकामा
रहेको मितेरी पुल नजिक ना १५ प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुको
साथै बी आर ०५ जे – ०७१६ नम्बरको मोटरसाइकलमा तोडफोड गरी क्षति पुर्याएका
छन् ।
मोर्चाले तस्करी नगर्न पटक–पटक आह्वान गर्दा पनि नियन्त्रण हुन नसकेको
कारण मोटरसाइकलमा बाध्य भएर आगजनी गर्नुपर्ने अवस्था आएको मोर्चाले
जनाएको छ । त्यस्तै, भारतबाट अवैध रुपमा चिनी, पेट्रोल लिएर आउँदै गरेको
अवस्थामा स्थानीय गाउँ विकास समिति बसन्तपटीमा एउटा मोटर साइकलमा आगो
लगाइदिएको छ ।
बन्दको अवज्ञा गर्दै मोटरसाइकलमा समान दुवानी गरेको भन्दै प्रदर्शनकारीले
बी आर ३० बी ( ९०९४ नम्बरको मोटरसाइकलमा आगजनी गरेको हो । आगो लगाइएको
दुइ मोटरसाइकल पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

प्रतिक्रिया