इनरुवा, मंसिर ६ । सुनसरी सदरमुकाम इनरुवा– ७, जिविसको कार्यालय अगाडि
दुईवटा मोटरसाइकलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले
गएराति आगजनी गरेका छन् ।
सुनसरीको दक्षिणवर्ती गाविसतर्फबाट तस्करीको इन्धन लिएर आइरहेका बेला
मोर्चाका कार्यकर्ताले इनरुवा– ७ जिविस अगाडि रोकेर को१७प ५१०८ र को४प
३०७८ नंको मोटरसाइकलमा आगजनी गरेको जिप्रका, सुनसरीले जनाएको छ ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा नष्ट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्
। मोटरसाइकलमा लगाइएको आगोलाई इनरुवा नगरपालिकाको वारुणयन्त्रले
नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज
शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया