काठमाडौं, मंसिर १४ । सवारीचालक अनुमतिपत्र अब 'स्मार्ट कार्ड'मा मात्र
उपलब्ध हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात विभागले मंसिर २०
गतेदेखि चालक अनुमतिपत्र स्मार्ट कार्डमा वितरण गर्न लागेको हो ।
विभागले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सन्चालित सूचना तथा सन्चार
प्रविधि विकास आयोजनाअन्तर्गत् स्मार्ट कार्ड जारी गर्न लागेको हो ।
विभागले पहिलो चरणमा बाग्मती अञ्चलबाट स्मार्ट कार्ड वितरण सुरु गर्ने
भएको छ । केही दिनमा मुलुकभरका कार्यालयबाट स्मार्ट कार्ड लाइसेन्स वितरण
गरिने जानकारी गराइएको छ ।
सोमबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार
गच्छदारले स्मार्ट कार्डको नमूना र अनलाइन रजिष्ट्रेसन 'सिस्टम'को
उद्घाटन गरे ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले यो कार्ड सुरक्षित, भरपर्दो,
चोरी एवं चक्कल गर्न नसकिने हुने उल्लेख गरे ।
यसबाट लाइसेन्स लिन धेरै भीडभाड नहुने हुँदा सहज हुने, पारदर्शीता बढ्न
गइ अनियमितता घट्ने विश्वास लिइएको छ ।
आगामी दुई वर्षभित्र हालसम्म जारी भएका करिब २२ लाख सवारीचालक
अनुमतिपत्रलाई स्मार्ट कार्डमा परिणत गर्ने विभागको योजना छ ।
आगामी आर्थिक वर्षदेखि सवारी दर्ता प्रमाण (ब्लुबुक)लाईसमेत स्मार्ट
कार्डकैरुपमा वितरण गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया