बिराटनगर, मंसिर १० । भारतबाट अबैध रुपमा पेट्रोल लिएर नेपाल आएको भन्दै
मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास
गरेका छन् ।
साइकलमा नेपाल–भारत सीमावर्ती बजारबाट जर्किनमा पेट्रोल लिएर मोरङको
खोर्सानीस्थित मोटरसाइकल ग्यारेजमा जांदै गरेका मोरङ भातिगञ्ज–७ का बब्लु
राजबंशीलाई जलाउने प्रयास भएको छ ।
चार जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले भातिगञ्ज–२ मा रोकेर
बन्दको बेला भारतबाट पेट्रोल लिएर आएको भन्दै त्यही पेट्रोल खन्याएर
राजबंशीको शरीरमा आगो लगाएका हुन् ।
उनको शरीरको ५० प्रतिशत भन्दा बढी भाग जलेको छ । उनको अवस्था चिन्ताजनक
रहेको छ । कोशी अंचलमा उपचार हुन नसकेपछि उनलाई अन्यत्र पठाउने तयारी
भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया