कलैया, ८ मंसिर बाराको महागढीमाई नगरपालिका– १ धर्मशालाबाट सिके राउत
नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका चार जना नेतालाई प्रहरीले मंगलवार
पक्राउ गरेको छ ।
बाराको गढीमाई नगरपालिका जितपुर–१ का राजाबाबु साह, महागढीमाई नगरपालिका
गंजभवानीपुरका बिनोद सर्राफ, नरही–७ इटहरका सदाम हुसेन र टेडाकटी–१ का
बृजेश सिंहलाई पक्राउ" गरिएको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।
पक्राउ परेका चारै जनाले आफुहरू सिके राउत नेतृत्वको स्वतन्त्र मधेस
गठबन्धनसंग आबद्ध रहेको र गठबन्धको आन्तरिक नीति अनुसार प्रशिक्षण दिनका
लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको स्वीकार गरेका छन ।
महागढीमाई–१ स्थित गढीमाई धर्मशालामा सहभागि युवाहरूलाई प्रशिक्षण दिने
क्रममा उनीहरूलाई प्रहरीले पक्राउ" गरेको हो । महागढीमाई नगरपालिकाका
साथै वरपरका स्थानीय युवाहरू सो प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।
पक्राउ" परेका चारै जना स्वतन्त्र मधेस गठबन्धनका प्रशिक्षक हुन ।

प्रतिक्रिया