प्रस, परवानीपुर, १३ मङ्सिर÷
पर्साको गम्हरिया–१ की प्रभा देवीको मृत्युको रहस्यबारे वास्तविक कुरा
खुलेको छ । प्रभाको टाउकोमा उनको पतिले बन्चरो प्रहार गरेर हत्या गरेको
प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रभाका श्रीमान पन्नालाल साहले पत्नीको हत्या गरेको पुष्टि भएको जिल्ला
प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी
प्रवक्ता होविन्द्र बोगटीले बताए ।
छानामा सिउरेको बन्चरो अकस्मात् खसेर घाइते भएको भन्दै प्रभालाई यही
शुक्रवार दिउ"सो गम्भीर अवस्थामा नाउक्षे अस्पतालमा भर्ना गरिएको थियो ।
सोही दिन चिकित्सकले प्रभालाई मृत घोषणा गरेका थिए । घटनाको वास्तविकता
भने घरको आ"गनमा छोराछोरीसहित साथै बसेको बेला पन्नालालले रिसको झोंकमा
पत्नीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको तथ्य प्रमाणहरू जुट्नुका
साथै अभियुक्त साहले समेत बयानमा स्वीकार गरेको प्रवक्ता बोगटीले बताए ।
पहिले पन्नालालले प्रहरी र सञ्चारमाध्यमलाई भ्रममा राखेको तर केरकार
गर्दा रहस्य खुल्न आएको बुझिएको छ ।

प्रतिक्रिया