वीरगंज,मंसिर १४ । मधेस केन्द्रित दलको बन्दहडताल र नाकबन्दीका कारण
भारतसँग सीमा जोडिएका सबै नाका प्रभावित छन्।
मुख्य स्थल नाका वीरगन्ज दुई महिनादेखि ठप्प छ । भैरहवा, नेपालगन्ज,
विराटनगर, मेची, धनगढीलगायतका अन्य नाकाबाट पनि सहज रूपमा मालसामान नेपाल
भित्रिन सकेको छैन।तर, वीरगन्जमा रहेको मुलुकको एक मात्र सिर्सिया सुक्खा
बन्दरगाह (ड्राइपोर्ट)मा भने भारत र तेस्रो मुलकबाट नियमित माल सामान
आयात भइरहेको छ।
ड्राइपोर्टमा भारत र तेस्रो मुलुकका मालसामान रेल मार्ग हुँदै आयात हुने
गरेको छ। ड्राइपोर्ट भन्सार कार्यालयका निमित्त प्रमुख हरिहरप्रसाद
पौडेलले मधेस आन्दोलन र नाकाबन्दीले ड्राइपोर्टमा मालसामानको आयातमा कुनै
असर नपरेको जानकारी दिए।
'बन्दहडताल र नाकाबन्दीले मालसामानको आयातमा कुनै असर पारेको छैन', उनले
भने, 'अरू बेला जसरी सामान आउँथे, आन्दोलन भएयता पनि उत्तिकै परिमाणमा
आइरहेको छ।' ड्राइपोर्ट सञ्चालनको जिम्मेवारी लिएको हिमालयन टर्मिनलका
अनुसार साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक सय २८ र्याक (ट्रेन)
मालसामान ड्राइपोर्टमा आयात भएको छ।
साउनमा ४३, भदौमा ४५, असोजमा २७ र कात्तिकमा १३ र्याक (ट्रेन) मालसामान
ड्राइपोर्टमा आयात भएको हो। एक र्याक (ट्रेन) मा ९० वटा कन्टनेर र बोगी
(रेलको डब्बा) हुन्छ। 'हरेक दिन रेलबाट मालसामान आइरहेको छ', हिमालयन
टर्मिनलका प्रबन्धक रामबाबु साहले भने, 'पहिले ६ वटा ट्रेनले सामान
ल्याउँथे भने अहिले आठवटा ट्रेनबाट सामान आइरहेको छ।'
चार महिनाको अवधिमा सबैभन्दा बढी रासायनिक मल, फलामजन्य उद्योगका कच्चा
पदार्थ, दलहन पदार्थ, तोरी, मकै, गहुँ, काठ, विदेशी मदीरा, पेयपदार्थ,
खेलौना, हड्डीको धुलो, प्लास्टिकको दाना, सिसालगायतका सामान आयात भएको
साहले बताए। तीन हजार ट्रक पठाइयो आन्दोलनका कारण सामानको आयातमा अवरोध
नभए पनि ड्राइपोर्टमा आइसकेका सामानको ढुवानीमा भने समस्या भएको
ड्राइपोर्ट भन्सार कार्यालयले जनाएको छ।
असोज ७ गतेदेखि वीरगन्ज-रक्सौल नाकामा आन्दोलनकारीले नाकाबन्दी सुरु
गरेदेखि एक महिनासम्म ड्राइपोर्टमा आएका सामानको ढुवानीमा समस्या भएको
थियो। आन्दोलनकारीले मालवाहक सवारीसधान सञ्चालनमा कडाइ गरेका कारण
ड्राइपोर्टमा रहेका मालसामान एक महिनासम्म ढुवानी नै हुन सकेन। तर,
कात्तिक ११ गतेदेखि भने ड्राइपोर्टमा आयात भएका सामान नियमित रूपमा
विभिन्न गन्तव्यमा पठाउन थालिएको छ।
एक महिनामा तीनहजार ट्रक पठाइयो कात्तिक ११ देखि मंसिर १२ गते सम्ममा
ड्राइपोर्टबाट करिब तीन हजार ट्रक मालसामान विभिन्न गन्तव्यमा पठाइएको छ।
शनिबार राति मात्रै ड्राइपोर्टबाट एक सय ९२ ट्रक मालसामान बाहिर पठाइएको
ड्राइपोर्ट भन्सार कार्यालयका निमित्त प्रमुख हरिहरप्रसाद पौडेलले
जानकारी दिए।
आन्दोलनका कारण ढुवानी हुन नसकि ड्राइपोर्टमा थन्किएका मध्ये एक हजार
ट्रक रासायनिक मल, एक सय ९० टेलर फलामजन्य उद्योगका कच्चा पदार्थ तथा
दाल, गेडागुडी, तोरी, काठ, प्लास्टिकका दाना, विदेशी मदिरालगायतका सामान
गरी तीन हजार ट्रक मालसामान वीरगन्ज पथलैया औद्यागिक करिडोरका साथै
काठमाडौं, भैरहवा, विराटनगर लगायतका स्थानमा पठाइएको पौडेलले जानकारी
दिए।
'हरेक दिन ड्राइपोर्टबाट एक डेढ सय ट्रक सामान विभिन्न गन्तव्यमा गइरहेका
छन', उनले भने ,'पछिल्लो समय सप्तरी घटना भएपछि भने पूर्वमा कम सामान
गएका छन्, अरु ठाँउमा भने नियमित सामान पठाउने काम जारी छ।'
ड्राइपोर्टमा अझै २४ हजार मेट्रिक टन मल, ७८ हजार मेट्रिक टन फलामजन्य
उद्योगका कच्चा पदार्थ तथा दाल, तोरी, प्लास्टिकका दाना, विदेशी मदिरा
गरी करिब एक लाख १८ हजार मेट्रिक टन मालसामान ढुवानी हुन बाँकी रहेको
कार्यालयले जनाएको छ।

प्रतिक्रिया