कलैया, ११ मंसिर ।
प्रहरीले मधेशी युवाहरूलाई षड्यन्त्रपुर्वक फसाउने खोजेको संघीय
समाजवादी फोरम नेपाल बाराले आरोप लगाएको छ ।
फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादवले शुक्रवार एक प्रेस
बिज्ञप्ति जारी गर्दै स्थानीय प्रहरी प्रशासनलाई त्यस्तो क्रियाकलाप बन्द
गर्न र पक्राउ गरिएका मधेशि युवाहरूलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन
।
प्रजातन्त्रमा हरेक नागरीकलाई स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार लाई
कुण्ठित गर्दै प्रहरीले गत मंसिर ७ गते बाराको बरियारपुरबाट स्वतन्त्र
मधेश गठबन्धनका ४ जना कार्यकर्ताहरूलाई बिना कारण पक्राउ गरी झुठा मुद्दा
गाएको आरोप लगाउदै त्यसको बिरोध जनाउदै फोरम नेपालले उनिहरूको यथासिघ्र
रिहाईको माग गरेको हो ।
त्यसैगरी फोरम नेपालले हाल मधेशमा कृषकहरूको धान कटनि र दवनि कार्य लाई
मध्यनजर गर्दै कृषकहरूलाई बिहान ६ बजे देखि बेलुकि ६ बजे सम्मलाई डिजल
ल्याउन छुट दिने निर्णय गरेको छ । त्यसकालागि फोरम नेपालले आफ्ना
सम्पुर्ण कार्यकर्ताहरूलाई जानकारी समेत गराएको सो पार्टिले जारी गरेको
बिज्ञप्तिमा उल्लेख गरीएको छ । बिज्ञप्तिमा तस्करहरूलाई नियन्त्रण गर्न
प्रभावकारी तरीकाले लाग्न समेत आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरेकोछ ।
जारी बिज्ञप्तिमा मंसिर १५ गते मंगलवार संघिय समाजवादि फोरम नेपालको
बिस्तारीत बैठकको आयोजना गरीले जनाईएको छ । बैठकमा पार्टिका जिल्ला,
क्षेत्र, गाउं स्तरका नेता, अगुवा कार्यकर्ता तथा सक्रिय सदस्यहरूको
सहभागिता रहने उल्लेख छ ।

प्रतिक्रिया