धनकुटा, मंसिर ७ । भारतीय नाकाबन्दी तथा तराइमा भएको आन्दोलनका कारण
कच्चा पदार्थ अभाव भएपछि धनकुटाको सिदुवास्थित निगाले सिमेन्ट कारखाना
पूर्णरुपमा बन्द भएको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण गत भदौबाटै माग अनुसारको उत्पादन गर्न
नसकेको कारखाना यतिबेला भारतको विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट,
लेटराइट, जिप्समलगायतको कच्चा पदार्थ आउन नपाउँदा २० दिन यता पूर्ण रुपमा
ठप्प भएको हो ।
दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो फ्याक्ट्रिले
पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
उत्पादन ठप्प भएपछि फ्याक्ट्रिका १ सय ५० जनाभन्दा बढि कर्मचारीलाई तलव
खुवाउनै मुस्किल पर्न थालेको छ ।
उद्योगले दैनिक लाखौं रुपैयाँ घाटासमेत बेहोर्नुपरेको सञ्चालक दिनेश
पौडेलले जानकारी दिए । कारखानाले कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम,
भोजपुर तथा संखुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो ।

प्रतिक्रिया