Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

फेरि मौलायो गाँजा

SHARE: 520

मकवानपुर मंसिर ७, २०७२- मकवानपुरलाई गाँजा खेती मुक्त गर्ने अभियान
चलाएको स्थानीय प्रशासनले प्रतिवद्धता पूरा नगर्दा पूर्वी भेगका किसानले
फेरि गाँजा खेती सुरु गरेका छन् । गाँजा निर्मूल पार्न सडक र हावापानी
सुहाउँदो खेती लगाउन सहयोग गर्ने आश्वासन पाएका किसानहरु निराश भएर फेरि
गाँजा खेती सुरु गर्न थालेका हुन् ।

'पहिला आफैंले प्रहरी लगेर गाँजा फाड्न लगाइयो', भार्ता गाविसका एक पूर्व
जनप्रतिनिधिले भने,'अहिले किसान बाध्य भएर गाँजा लगाउन थालेका हुन् ।'

मकवानपुरको खैराङ, काकडा, राक्सिराङ, भार्ता, डाँडाखर्क, सरिखेत, नामटार,
कालिकाटर र गोगने गाविसमा गाँजा खेती हुने गरेको छ ।

मकवानपुरलाई गाँजा खेती मुक्त गर्न दुर्गम क्षेत्रलाई राजमार्गसँग जोड्ने
सडक, विकल्पमा तरकारी खेती, बाख्रापालन र अदुवा खेतीको निम्ति कृषकहरुलाई
तालिम सँगसँगै अनुदान पनि उपलब्ध गराउने बैकल्पिक योजनाहरु तय गरिएको
थियो । योजनाअनुसार मकवानपुरका पश्चिमी क्षेत्रका वासिन्दाले अघिल्ला दुई
वर्ष आफ्नो बारीमा लगाएको गाँजा प्रहरीसँगै मिलेर फाँडेका थिए ।

'गतवर्ष गाँजा खेती नगरीकन तरकारी खेती गर्दा उत्पादित तरकारी बजार
पुर्‍याउन नसकेकाले गाउँलेहरु प्रहरी प्रशासन र स्थानीय निकायसंग
आक्रोशित भएर फेरि गाँजा लगाएका हुन', खैराङ गाविसका पूर्व अध्यक्ष
राजकुमार मल्लले भने, 'गाँजा लगाउन हँुदैन भनेर सम्झाउँदा पनि कसैले
मान्दैनन ।'

खैराङ गाविसका वासिन्दाले मनहरी–खैराङ मोटर बाटो बन्ने आसमा गतवर्ष
व्यापकरुपमा तरकारी खेती गरेका थिए । तर, सडक अभावमा तरकारी बिक्री
नभएपछि उनीहरुको मेहनत खेर गयो । खैराङवाट मनहरी बजार आईपुग्न १२ घन्टा
हिड्नु पर्छ । खैराङ,भार्ता, कालिकाटार गाविसलाई राजमार्गसंग जोड्ने
योजना जिविसले वनाएको थियो । त्यो कार्यान्वय भने भएको छैन् ।

गाँजाको लागि उर्वर मानिएका मकवानपुरका गाविसमा भारतबाट आउने तस्करहरुले
नै किसानलाई पेश्की रकम दिएर गाँजा खेती गराउँछन् । खेतीको लागि आफ्नो
लगानीसमेत नलाग्ने र प्रशोधनका लागि पनि तस्करहरुले नै मिस्त्रीको
व्यवस्था गर्ने भएकाले किसानहरु यसमा आकर्षित हुने गर्छन् । तरकारी खेती
भन्दा गाँजाबाट हुने आम्दानी कयौं गुणा बढी हुन्छ ।

व्यापारीहरुले गाउँबाट नै प्रतिकेजी ८ हजार रुपैयामा गाँजा किनेर लैजाने
गरेका छन । गाँजाका कारोवारीहरुले कृषकलाई खेती गर्न ५० हजारदेखि २ लाख
रुपैयाँसम्म बैना रकम दिएका छन । प्रहरीले गाँजा फडानी गर्‍यो भने उक्त
रकम तिर्न नपर्ने सर्तमा कृषकहरुले बैना लिएर गाँजा खेती गरेका हुन ।

प्रहरी प्रशासनले गाँजा फडानी गर्नका निम्ति गाँजा खेतीबारेमा जानकारी
लिइरहेको छ । 'दुर्गम गाउँमा गाँजा खेती गरिरहेको जानकारी आएको छ' प्रहरी
नायव उपरीक्षक शिशू शर्माले भने,'गाँजा फडानीको तयारी भइरहेको छ ।'

अहिले अधिकांश ठाउँमा गाँजा टिप्ने बेला भइसकेको छ ।

गाँजा र चरेसको भरिया बनेको आरोपमा मकवानपुरका विभिन्न गाविसका करिब साढे
२ सय युवाहरु जेलको चिसो छिडीमा बसिरहेका छन । प्रहरीले गाँजा र चरेश
समात्ने क्रममा भरियामात्र फेला पार्ने गरेको छ । गाँजा र चरेश
बोक्ने भरियाहरुको ढुवानी भाडा राम्रो भएका कारणले महिला र पुरुष दुवैले
गाँजा र चरेश वोक्ने गरेका छन । गत आवमामात्र मकवानपुरको प्रहरीले ३ हजार
२ सय ५० केजी गाँजासहित ८९ जना पक्राउ गरेको थियो । पक्राउ परेकामा सात
जना महिला छन ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: फेरि मौलायो गाँजा
फेरि मौलायो गाँजा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOCiZT9KTqUW0tYMlR-UMyOFPupOjKzXQNIehL2fd1TMMiWZ7XFDqTINF25jmS7wXkAlHZ4ZwHJpC5O0gktbe8c1ytgmjd7lesYiYOyOlWKTZp8p1rzpZDYmn_QKJ3kZK0TOlvrZM_05-8/s320/23112015022045Ganja-1000x0-799375.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOCiZT9KTqUW0tYMlR-UMyOFPupOjKzXQNIehL2fd1TMMiWZ7XFDqTINF25jmS7wXkAlHZ4ZwHJpC5O0gktbe8c1ytgmjd7lesYiYOyOlWKTZp8p1rzpZDYmn_QKJ3kZK0TOlvrZM_05-8/s72-c/23112015022045Ganja-1000x0-799375.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2015/11/blog-post_23.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2015/11/blog-post_23.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content