मंसिर ५, जनकपुर । संविधान प्रति असन्तुष्टि जनाउदै आन्दोलनमा रहेका चार
मधेस केन्द्रित दलहरुबीच कार्यगत एकता भएको छ । राष्ट्रिय मधेस समाजवादी
पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी र मधेस
राष्ट्रिय अभियानबीच जनकपुरमा दुई दिन बसेको बैठकले संघीय समावेशी मधेसी
गठबन्धन निर्माण गरी जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
बैठकपछि रामसपाका शरदसिंह भण्डारी, फोरम गणतान्त्रिकका राजकिशोर
यादव,सद्भावनाका अनिल कुमार झा र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक
जयप्रकाश गुप्ताद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा मधेस आन्दोलनलाई
अझ प्रभावकारी, सशक्त, सहभागितामूलक र निर्णायक बनाउन एक साथ अगाडि बढ्ने
उल्लेख छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग गठबन्धन गरी आन्दोलन
गरेपनि विजयकुमार गच्छदार सरकारमा सहभागी भएपछि भण्डारी र यादवले झा र
गुप्ताको दलसँग कार्यगत एकता गरेका हुन् । गठबन्धनका शीर्ष नेताले
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी मोर्चा, दलित, मुस्लिम,
पिछडावर्गसहितका मधेसी, थारु एवं कोचिला सहितका आदिवासी, जनजाति लगायत
सबै आन्दोलनकारी पक्षसँग वार्ता गरी सहकार्यको वातावरण बनाउने बताएका छन्
।

प्रतिक्रिया