वीरगञ्ज, मंसिर ७
बाराको गढीमाई नगरपालिकेा नितनपुरस्थित युनिक फर्मास्युटिकल्समा अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले आइतबार साँझ छापा मारेको छ। आयोगको टोलीले
छापा मार उद्योगका महत्वपूर्ण कागजपत्रहरु आफ्नो नियन्त्रणमा लिनुको साथै
उगमा सिलबन्दी समेत गरेको छ।
उद्योगले उत्पादन गरेको औषधिको बारेमा जनगुनासो बढेको र बर्तमान समयमा
औषधि आभाव हुँदा औषधी लुकाएको सूचनाको आधारमा छापामारेको अख्तियारको
क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ। आयोगका सहप्रवक्ता
खगेन्द्र प्रसाद रिजालका अनुसार अख्तियारको केन्द्रीय कार्यालयका प्रहरी
वरिष्ठ उपरीक्षक योगेश्वर रोमखामी मगर र स्वास्थ्य निर्देशनालय हेटौडाका
निमित्त प्रमुख टंकप्रसाद चपागाईको नेतृत्वमा आएको टोलीले उद्योगमा छापा
मारेको हो।
अख्तियारका सहप्रवक्ता रिजालले उद्योग सञ्चालकले उद्योग दर्ता नविकरण
नगराएको र औषधि उत्पादन गर्नका लागि चाहिने ल्याव समेत मापदन्ड अनुसार
नराखेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए।

प्रतिक्रिया