मंसिर ४, काठमाडौं । भारतको मुम्बईबाट आज ६५ लाख बराबरको औषधि नेपाल
ल्याईएको छ । व्यवसायीले भारतको मुम्बईबाट मधुमेह, उच्च रक्तचाप, विभिन्न
किसीमका सिरिन्जमा प्रयोग गरिने अत्यावश्यक औषधि हवाई मार्ग हुँदै आज
काठमाडौं ल्याइएका हुन् । नेपाल बायुसेवा निगमको जहाजबाट नेपाल ल्याइएको
ती औषधिको ढुवानी खर्च उत्पादक कम्पनीले नै ब्योहोर्ने व्यवसायी संघका
अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताउनुभयो । आयातित औषधिले ३ दिन मात्र
धान्न सक्ने व्यवसायीको भनाई छ । औषधि आइतबारबाट मात्र डिस्ट्रिब्युटरलाई
दिईने र सोही मार्फत विभिन्न औषधि पसलमा पठाउने प्रक्रिया मिलाइएको छ ।
भारतीय सिमा नाकामा अवरोधका कारण ठूलो मात्रामा औषधि रोकिएपछि उपत्यकाका
लगायत मुलुकका अधिकांश जिल्लामा समेत औषधि अभाव भएको छ । यस्तै भैरहवा
नाकाबाट २ दिनअघि नेपाल भित्रीएका औषधि विभिन्न अस्पतालका फार्मेसीमा
पठाइ सकिएकाले अब स्थिति सहज हुने श्रेष्ठले बताउनुभयो । औषधि व्यवसायी
संघले नाफा नहेरी जीवनरक्षाकालागी जतिसक्दो औषधी भित्राउन व्यवसायीलाई
निर्देशन दिएको छ । मधेशी मोर्चाको हिजो राजधानीमा बसेको बैठकले
बिराटनगरे नाका हुँदै औषधि ल्याउन दिने निर्णय गरेको थियो भने
नयाँदिल्लीमा भारतीय बिदेश मन्त्रालयले औषधि नेपाल पठाउन सहजीकरण गर्ने
बताएको थियो ।

प्रतिक्रिया