नेपालगञ्ज, मंसिर १५ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच गएराति
नेपालगञ्ज–रुपैडिहा सीमा नाकाको दशगजा क्षेत्रमा झडप भएको छ ।
मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीलाई लक्षित गरी पेट्रोल बम र
ढुंगामुढा प्रहार गरेपछि झडप भएको हो । पेट्रोल बम लागेर एकजना प्रहरी
जवान घाइते भएका छन् ।
आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । राति ८ बजेदेखि शुरु भएको झडप
१० बजेसम्म चलेको थियो । प्रहरीले दशगजामा गाडिएको आन्दोलनकारीको टेन्ट
कब्जामा लिने प्रयास गरेपछि झडप भएको हो ।
मोर्चाका कार्यकर्ताले ६ वटा पेट्रोल बम प्रहरीमाथि प्रहार गरेका थिए ।
आन्दोलनकारीको प्रदर्शन र ढुंगामुढा नरोकिएपछि भारतीय सुरक्षा बल
एसएसबीले माइकिङ गरेर दशगजामा प्रदर्शन नगर्न र आफ्नो भूमीबाट हट्न
भनेपछि प्रदर्शनकारी त्यहाँबाट भागेका थिए ।
मोर्चाका कार्यकर्ताहरु आइतबारदेखि दशगजामै टेन्ट गाडेर बस्दै आएका थिए ।

प्रतिक्रिया