रौतहट, मंसिर १३ । रौतहटको धन्सार–निजगढ सडकखण्डमा जंगली हात्तीको
आक्रमणबाट शनिबार राति राजमार्गमा चल्ने एउटा ट्रकमा क्षती पुगेको छ ।
बीच सडकमै जंगली हात्ती उभिएपछि करिब एक घण्टा राजमार्ग अबरुद्ध बनेको
थियो । पश्चिमबाट पूर्व जाँदै गरेको मुसुरोको दाल लोड भएको ना ५ ख ३७२२
नम्बरको ट्रकलाई जंगली हातीले रोकेर सिसा फुटाइदिएको छ ।
ट्रकमा रहेको एक बोरा दाल पनि हात्तीले खाएको छ । ट्रक चालक र सहचालक भने
हामफालेर ज्यान जोगाउन सफल भएका छन् । केही दिन यता, पूर्व–पश्चिम
राजमार्गमा जंगली हात्तीको बथान देखा पर्न थालेपछि राजमार्ग भएर यात्रा
गर्ने यात्रुमा डर बढेको छ ।
हात्ती धपाउन र अबरुद्ध राजमार्ग खुलाउन इलाका प्रहरी कार्यालय
चन्द्रनिगाहपुर र निजगढको प्रहरी टोली परिचालित भएका थिए ।

प्रतिक्रिया