सिरहा, मंसिर ७ । मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्न थालेपछि सिरहामा
स्थानीय प्रशासनले पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर दायाँ बायाँ
क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि कमला नदीदेखि बलान नदीसम्म
निषेधित क्षेत्र घोषणा गरिएको हो ।
चाडपर्वको समयमा आन्दोलन केही खुकुलो भएपछि सुरक्षाकर्मीको एस्कर्टिङमा
रातको समयमा सवारी साधनसमेत गन्तव्यतर्फ पठाइएको भन्दै मधेसी मोर्चाका
कार्यकर्ताहरु सिरहाको लहान, गोलबजार, मिर्चैया क्षेत्रमा राती समेत
सडकमै पाल टाँगेर बस्न थालेपछि मानवीय क्षति रोक्न पुनः निषेधित क्षेत्र
घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
उता, सप्तरी घटनाको बिरोध गर्दै मोर्चाका कार्यकर्ताले आज पनि सिरहाका
बिभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । सिरहाको गोल बजार, मिर्चैया र
लहानमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ ।

प्रतिक्रिया