वीरगंज,मंसिर १३//सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन
बाराका ४ जना कार्यकर्ताहरुलाई अभिलम्ब रिहा गर्न नेपाल वार एशोसियसन
बाराले सम्बन्धित निकाय संग जोडदार माँग गरेको छ । २०७२ मंसिर ८ गते बारा
जिल्ला महागढीमाई नगरपालिका बरियारपुर वडा नं. १ धर्मशालाबाट पक्राउ
परेका गठबन्धन बाराका अगुवा कार्यकर्ताहरु वृजेश सिंह ,बिनोद सर्राफ,सदाम
अंसारी, राज साह लाई आफना गठबन्धन संग आवद्ध व्यक्तिहरु संग छलफल
गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी चारै जना
माथी हातहथियार मुद्दामा प्रशासनले फसाउने चलखेलको बार एशोसियसन बाराले
कडा बिरोध जनाएको छ । एशोसियसन बाराका अध्यक्ष राम चन्द्र सिंहको
अध्यक्षतामा बारकै आफनै सभाहलमा आज बसेको आकस्मिक बैठकले सो निर्णय गरेको
छ । बैठकमा एशोसियसनका उपाध्यक्ष संतोष गुप्ता,सचिव महमद रफीक
मियाँ,कोषाध्यक्ष दिनेश महतो,कार्यसमिती सदस्यहरु देवबहादुर
चौधरी,प्रेमलाल चौधरी,निलेश घिमिरे,अर्जुन श्रेष्ठ,बिनोद साह,चन्द्रिका
यादव,त्रियोधन चौधरी,पार्सदहरु एकरामुल हक,योगेन्द्र धानुक,आमन्त्रीत
अधिवक्ताहरु परमहंस केसरी,अरुण दुवे, ठाकुर यादव,जोगिन्द्र मण्डल,प्रभात
चन्द दाहालको बैठकमा सहभागिता रहेको थियो । एशोसियसनको मानव अधिकार सेलका
संयोजक अधिवक्ता परमहंस केसरी र सदस्य अधिवक्ता प्रभातचन्द्र दहालको
टोलीले सो घटनाको अनुगमन एवं सम्बन्धित निकाय संग बुझि प्रतिवेदन
सार्वजनिक गर्दा प्रतिशोधको भावनाले सिके राउतका चाार जना कार्यकर्तालाई
हातहतियार मुद्दामा फसाउने षडयन्त्र प्रशासनले गरेको प्रति वारको गम्भिर
ध्यानाकर्षण भएको बैठकले निश्कर्ष निकालेको थियो । बारका अनुसार कानुनको
सर्वोच्तका सिद्धान्तलाई अंगिकार गरी जनताको जिव धन तथा मौलिक हक
सुरक्षाको लागि राज्य प्रहरी ,प्रशासन सर्मिप्त हुनु पर्नेमा सो को
बिपरित शान्तिपुर्ण भेला एवं स्वतन्त्रतालाई उपभोग गर्न नदिई उल्टै
बन्दुक बरामद भएको भनी बन्दुक देखाई हात हथियार मुद्दामा चारै जनालाई
म्याद थप गराउने कानुनी शाषनको पुर्ण बिपरित रहेको वारको ठहर रहेको छ ।
सो कार्यको घोर भत्र्सना गर्दै मानव अधिकारको पुण पालना कानुनको शाषन
माँग गर्दै गैर कानुनी रुपमा बन्दी बनाईएका स्वतन्त्र मधेस गठबन्धन
बाराका चार जना कार्यकर्ताहरुलाई अभिलम्ब रिहाईको माँग गरेको छ ।

प्रतिक्रिया