महोत्तरी, मंसिर ६ । महोत्तरीको गौशालामा प्रहरीले कोरेक्स बरामद गरेको छ
। शनिबार गौशाला नगरपालिका– ११ स्थित मावि निगौलको अगाडिबाट प्रहरीले २७
बोतल कोरेक्स बरामद गरेको हो ।
भारतीय बजार कन्हवाँबाट गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीको
गस्ती टोलीले ज६प ९७४६ नंको मोटरसाइकलको डिक्कीमा राखिएको अवस्थामा सो
परिमाणको कोरेक्स बरामद गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ
।
सो स्थानमा रहेका मोर्चाका कार्यकर्ताले मोटरसाइकल रोकी चेकजाँच गरेपछि
मोटरसाइकलमा सवार रहेका दुईजना व्यक्ति भागेका थिए ।
मोर्चाका कार्यकर्ताले प्रहरीलाई खबर गरी मोटरसाइकल तथा कोरेक्स आवश्यक
कारबाहीका लागि जिम्मा लगाएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले
जानकारी दिए। घटनामा संलग्नको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीले
बताए । रासस

प्रतिक्रिया