एसके यादव/राजेश भण्डारी
सर्लाही मंसिर १३ | सरकार र मधेशी मोर्चा राजमार्गमा केन्द्रीत भएपछि
तराई–मधेशमा हिंसाको खतरा बढदै गएको छ । राजमार्ग बन्द गराउने मोर्चाको
योजना असफल पार्न सरकारले विशेष सुरक्षा योजना लागु गरेको छ भने चुरेभावर
पार्टीले पनि ठाउँ–ठाउँमा प्रतिकारको नीति लिएको छ ।
यस्तै बेला सरकार र चुरेभावरको योजना सफल पार्न मोर्चाले 'काउन्टर
रणनीति' तयार गर्दैछ । मोर्चाले राजमार्गलाई ठप्प पार्ने र आन्दोलनलाई थप
उचाईमा पुर्याउन भन्दै गाउँ गाउँमा युवा दस्ता तयार गर्न थालेको छ । यो
काम सबैभन्दा बढी सर्लाहीमा चलिरहेको छ ।
मंसिर ८ गते मधेशी मोर्चाका कार्यकर्ता तथा नेताहरुले सर्लाहीको फुलजोर
केन्द्रीत राजमार्ग ठप्प गर्न जाँदा त्यहाँका चुरे भावर पार्टीका
कार्यकर्ता तथा स्थानीयले उनीहरुलाई लखेटेका थिए । त्यसपछि मोर्चाका
नेताहरु झस्किएका थिए । चुरे क्षेत्रको फुलजोर पहाडी समुदायको बाहुल्य
भएको क्षेत्र हो ।
सर्लाही जिल्ला मधेशीहरुको बाहुल्य भएको क्षेत्र भएपनि राजमार्ग वरिपरि
पहाडी समुदायको वस्ती भएको कारणले मधेशी मोर्चालाई राजमार्ग केन्द्रीत
गर्न गाह्रो भएको छ । पाँच नगरपालिक र लगभग ८० गाविस रहेको सर्लाही
जिल्लामा ४२ प्रतिशत पहाडि समुदाय रहेका छन् । लालबन्दी, नवलपुर, हरियोन,
नयाँ रोड, वागमती, वरहथवा, हरिपुर, वैयलवास, इश्वरपुर, सागरनाथलगायतका
गाविसमा पहाडी समुदयकोे बाहुल्य छ । त्यहाँ मधेशी समुदायले आन्दोलन गर्न
नसकिरहेको पत्रकार अर्जुन मैनालीले बताए । तराई मधेश लोकतान्त्रिक पार्टी
विद्यार्थी फ्रन्टका महासचिव मनिष सुमनले ०६३/६४ मा भएको मधेश आन्दोलनमा
पनि सर्लाहीबाट चुरे भावर जन्मेको र अहिले पनि त्यही जुर्मुराएको दावी
गरे ।
उनले समाप्त भइसकेका चुरेभावरलाई मधेश आन्दोलन दवाउनकै लागि राज्यद्धरा
परिचालन गरिएको आरोप लगाए । उनकले त्यसमा अधिकाँश एमालेको युवा संघका
कार्यकर्ता रहेको पनि दावी गरे । 'पहाडी बाहुल्य क्षेत्र भएपनि त्यहाँ
गएर हामी राजमार्ग ठप्प गर्न सक्छौँ' मिश्रले भने, 'शान्तिपूर्ण
आन्दोलनलाई भडकिन नदिनका लागि युवा दस्ता तयार गर्न लागेका हौँ ।'
तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद् एवं सर्लाही जिल्ला अध्यक्ष
जंगीलाल यादवले पनि युवा दस्ता तयार भइरहेको बताए । 'लगभग सबै गाउँमा
युवा दस्ता तयार भइसकेको भएका छन् । यो युवा दस्ताले अहिले हुने
तस्करीलाई रोक्नुको साथै आन्दोलनलाई व्यवस्थित गराउने काम गर्नेछ' उनले
भने ।
उनले आन्दोलन दवाए त्यसको प्रतिकार पनि युवा दस्ताले गर्ने दावी गरे ।
'आन्दोलनमाथि कसैले प्रहार गरे भने युवा दस्ता लुकेर बस्दैन, उसले पनि
प्रहार गर्नेछ ।'
महासचिव मिश्रका अनुसार युवा दले युवा दस्तालाई सबै प्रकारको तालिम दिने
बताए । 'आवश्यक परे हरेक कुरामा ती युवा दस्तालाई प्रयोग गर्न सकिन्छ'
उनले भने, 'गुण्डाको भेषमा जो आएपनि लड्न तयार हुन्छ ।'
विवाद कसरी जन्मियो ?
छठ अघि लालबन्दी र मंसिर ५ गते हरियोनमा एमालेका नेता माधवकुमार नेपालको
उपस्थितिमा चियापान कार्यक्रम हुँदै थियो । सो कार्यक्रममलाई मधेशी
मोर्चाका नेताले विथोले । सोही आक्रोशमा त्यहाँ स्थानीयले चुरेभावर
सहयोगमा मधेशी मोर्चाको नेतामाथि आक्रमण गरे । त्यसमा आधा दर्जनभन्दा बढी
घाइते भए । संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक
यादवको समेत हात भाँचियो । उनले भने, 'हामीमाथि आक्रमण गर्ने अधिकाँशलाई
अनुहारलाई चिन्छु । त्यसमा आधाभन्दा बढी त सुरक्षाकर्मी नै थिए अरु बाँकी
त्यही ट्यावे केटाहरु थिए ।'
पत्रकारिता गरिरहेका अर्जुन मैनालीले चुरे भावरको कुनै संगठन नभएको तर
मधेश आन्दोलनप्रति आक्रोशित रहेका त्यहीका स्थानीयहरु चुरेभावरको आडमा
मधेशी मोर्चाका नेतामाथि आक्रमण गरेको बताए । यत्रो दिनदेखि नाकाबन्दी
तथा आमहड्ताल गरेको कारण सर्लाहीकै राजमार्ग छेउछाउका पहाडी समुदाय
आन्दोलकारीमाथि आक्रोशित भएर नै आक्रमण गरेको उनले ठहर छ ।
०६३÷६४ को मधेश आन्दोलनमा पनि चुरे भावरले मधेशी आन्दोलनकारीमाथि आक्रमण
गरेका थिए । सो आक्रमणबाट रामएकवाल राय यादवको मृत्यू भएको थियो ।

प्रतिक्रिया