वीरगंज, ७ मंसिर । संघीय समावेशी मधेशी गठबन्धन पर्साले उद्योगी,
व्यवसायी, यातायात व्यवसायी, कृषक लगायतको ब्याजका साथै किस्ता रकमको
विलम्ब शुल्क समेत मिनाहा गर्न बैंक तथा वित्तिय संस्था सँग आग्रह गरेको
छ ।
आफनो हक अधिकारको लागि मधेशी जनता विगत १०१ दिन देखि आम हड्ताल र ६१ दिन
देखि सिमा नाकाबन्दी गरी सडकमा रहेका छन् भने इन्धन, ग्यास, खाद्यान्न
लगायत अत्यआवश्यक वस्तुको अभाव झेलेर भए पनि जारी मधेश आन्दोलनलाई
निष्कर्षमा पु¥याउने अठोटका साथ अग्रसर रहेकोेले आन्दोलन अवधिमा कुनै
किसिमको व्यापार व्यवसाय तथा कृषि उपज समाग्री विक्रि वितरण गर्ने अवस्था
नरहेकोले ब्याज र विलम्ब शुल्क मिनाा गरी किस्ताको समय सिमा समेत
परिवर्तन गर्न गठबन्धनले प्रेस विज्ञप्ती जारी गरी आवश्यक प्रक्रिया
अगाडि बढाउन बैंक तथा वित्तिय संस्था सँग आग्रह गरेको हो ।
त्यसै गरी गठबन्धनद्धारा जारी प्रेस विज्ञप्तीमा वीरगंज नगर क्षेत्र
भित्र बहालमा रहेका पसल तथा अवासीय घरको भाडा समेत घर धनिहरुलाई मिनाहा
गर्न आग्रह गरेको छ ।
जारी मधेश आन्दोलनका क्रममा राज्यले तराई मधेशका जनतालाई उठाएको जायज
मागलाई सम्बोधन गर्नुको साटो दमनकारी नीति अवलम्बन गर्दा चार दर्जन भन्दा
बढी निर्दोष आन्दोलनकारीको सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भई
सकेकोले मधेश आगोमा जलि रहेको छ । तर पनि राज्य गम्भिर नभएको अवस्थामा
आन्दोलन अवधिमा बन्द रहेका शैक्षिक संस्थाहरुलाई समेत विद्यार्थी एवं
अभिभावकबाट शुल्क नउठाउन विज्ञप्ती मार्पmत गठबन्धनले आग्रह गरेको छ ।
साथै उद्योगी व्यवसायी, बहालावाला र विद्यार्थी एवं अभिभावकलाई समेत
आन्दोलन अवधि भरको कुनै किसिमको ब्याज, बिलम्ब शुल्क, घर भाडा र अध्यापन
शुल्क नतिर्न समेत विज्ञप्ती मार्पmत गठबन्धनले अव्हान गरेको छ ।

प्रतिक्रिया