काठमाडौं, मंसिर ५ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले
संविधान कार्यान्वयनका लागि काँग्रेस हदैसम्म लचिलो हुने बताएका छन् ।
डिल्लीबजार टोल सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रममा
महामन्त्री सिंहले मधेसमा जारी समस्याको समाधानका लागि काँग्रेसले मधेसी
दल र सरकारसँग सार्थक वार्ता थाल्ने उल्लेख गरे । उनले भनेः 'हामी सरकार
र मधेसी दलको वार्ताका लागि मध्यस्थताको भूमिका खेल्छौँ ।'
महामन्त्री सिंहले मधेसको समस्या समाधानका लागि जिम्मेवार भएर प्रस्तुत
हुन सरकारलाई आग्रह गरे । उनले विद्येयक पारित गराउन सरकारले आनाकानी
गरेको भन्दै इमान्दारिताका साथ प्रस्तुत भए सबै समस्याको समाधान हुने
विश्वास व्यक्त गरे ।
उनले नाकाबन्दीका कारण बजारमा कालोबजारी मौलाउँदै गएकाले यसलाई रोक्न
सरकार गम्भीर हुनुपर्ने बताए । रासस

प्रतिक्रिया