वीरगंज, १९ साउन । श्री शम्मा टे«डर्स प्रालिको प्रोप्राइटर सिरहा जिल्ला निवासी शकील अनवरले आप्mनो प्रोप्राइटरसिपमा रहेको श्री शम्मा टे«डर्सको नाममा पर्सा जिल्लाका भूमाफियाहरुलाई परिचालन गरी किर्ते जग्गा दृष्टिबन्धक गराई बैंकलाई करोडौं रुपैया“ ठगेर फरार रहेको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाई शुरु गरी आइतवारका दिन सो सम्बन्धी सम्पूर्ण र फाइल लिएर कार्यालयमा उपस्थित हुन आउनू भनी मालपोत कार्यालय प्रमुखलाई पत्र काटेकोमा उनी अख्तियार दुरुपयोगको कार्यालयमा नगई आप्mनो टेलिफोनको स्वीच अफ गरेर अर्धभूमिगतमा बसेको समाचार प्राप्त भएको छ ।
विवरण अनुसार, पर्सा जिल्लाको लालपर्सा गाविसका केही व्यक्तिहरुको जग्गा भूमाफियाहरुले मदन मिश्राको नाममा श्रेस्ता खडा गरी मोठ कायम गर्न लगाए । त्यसपछि निजको भिनाजु पर्ने श्यामसुन्दर पाण्डेको नाममा २०७१ साल असोज ५ गते राजीनामा पास गराउन सफल भएको समाचार स्रोतले जनाएको छ । त्यसबखत मालपोत कार्यालयका कार्यालय प्रमुख प्रकाश पोखरेल मोठ फा“टका नासु रामचरित्र प्रसाद, मूल्याड्ढन फांटका नासु समेतको मिलोमतोमा यो कार्य गरिएको थियो । त्यस कार्यको लागि ११ लाख रुपैया“ मालपोतमा भूमाफियाहरुले नजराना टक्रयाएका थिए । श्यामसुन्दर पाण्डे भारतको रक्सौल, रत्नपुर निवासी भए तापनि उनले २०६३ सालमा वीरगंज उपमहानगरपालिका वडा नं. ११ मा ठेगाना देखाइ जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गर्न सफल भएका थिए ।
भूमाफियाहरुले खडा गरेको किर्ते श्रेस्तामा गाविस लालपर्सा वडा नं. ७ कित्ता नं. ५११ को जग्गा बिगहा ०–७–११, किनं. २०८ को जवि १–०–०, किनं. २०६ जवि १–०–०, किनं. ५०३ को जवि ०–७–५, किनं. ४१६ को जवि ०–३–०, किनं. २०७ को जवि ०–६–१० धुर गरी जम्मा ३ बिगहा ४ कठ्ठा ६ धुर जग्गा श्री शम्मा टे«डर्स प्रँलिको नाममा दृष्टिबन्धक पास गरी सो टे«डर्सको नाममा टुरिजन विकास बैंक नयां बानेश्वर न्यूरोड काठमाडौं शाखाबाट गत चैत महिनामा बैंक कर्मचारीको मिलोमतोमा रु. १ करोड ३० लाख भूमाफियाहरुले ऋण लिएको स्रोतको दावी छ । भूमाफियाको खोजतलास भएपनि उनीहरु भारततिर फरार रहेका छन् ।
यस सन्दर्भमा बैंकले मालपोत कार्यालय पर्सामा उपरोक्त कित्ता नं. भएका जग्गाहरु कस–कसको नाममा छ भनी जानकारी माग्दा मालपोत पर्साले सो जग्गाहरु हुलास इण्डस्ट्रिज, गुठी संस्थान, प्रकाश पाण्डे, हरिप्रसाद रघुवंशी, राजकुमार वैद्यको नाममा यथावत श्रेस्ताहरु देखिएको जवाफ दिएको समाचार स्रोतले जनाएको छ । कार्यालय प्रमुख प्रकाश पोखरेलले आफु र आफ्नो कर्मचारीलाई जोगाउन सो जग्गा पास गराउने लेखनदास प्रशान्तको नाम अगाडि सारेर जिल्ला प्रहरी कार्यालयमा पक्राउ समेत गराएका थिए ।
यस सम्बन्धमा मालपोत कार्यालयमा आएको ११ लाख रुपैया“ सो कार्यमा संलग्न कर्मचारीहरु पदीय ओहदाको हिसाबले बांडफांड गरे तर अन्य कर्मचारीहरुले सुंघ्न पनि नपाएकोले कार्यालयभित्रै पनि गाइ“गुइ“को कुराहरु बाहिर आउन थालेको छ । यसबीच पोखरेलले ती भूमाफियाको सरदार शकील अनवरलाई ल्याई चिनाउने पर्सा जिल्लाका मुसलमान थर भएका भूमाफियालाई बोलाइ घटनाबारे विभिन्न कुराहरु सार्वजनिक भइसकेको र पत्रपत्रिकामा निस्किन थालेकोले सामसुम पार्न थप ५ लाख रुपैया“ लिएर खोजबिन गर्ने केहीलाई वितरण समेत गरेको बुझिन आएको छ ।
सम्बन्धित निकायले कारबाई नगरेको कारणले नै पर्सा मालपोत कार्यालयका कर्मचारीहरुसंग मिली भूमाफियाहरुले एकजनाको जग्गा अर्को व्यक्तिको नाममा किर्ते जालसाजी गरी एकपछि अर्को घटनाहरुको अन्जाम दिंदै आएका छन् । यसपाली अख्तियार दुरुपयोगले कस्सेर कारबाई गर्ने हुन् कि घूसको झोलमा डुबेर आफै पनि गन्हाउने हुन् हेर्न बा“की छ ।

प्रतिक्रिया