नेपाल विद्युत प्रादिकरण वीरगन्जका प्रमुख नरेश पाण्डेको भ्रष्टाचारको क्रमशः पोल खुल्देै गईरहेको छ।
नेपाल विद्युत प्राधिकरण वीरगंजको शाखा प्रमुख नरेश पाण्डेले रुकमणी मार्बल्स प्रालि रामपुर टोकनीको परिसरको बीचोबीच भएर गएको हाइटेन्सन ११ हजार भोल्टको लाइनकोतार रु. १२ लाख नजराना लिएर अवैध रुपमा पोल सारेको घटनाले वीरगंजमा व्याापक चर्चा पाएको छ ।
हाइटेन्सन ११ हजार भोल्टको लाइन रुकमणी मार्बल्स प्रालिको बीचोबीच दक्षिण उत्तर पास भएकोले सेड निर्माण र कट्टर मेसिन स्थापना गर्न गाह्रो परिरहेकोले असार महिनामै ११ हजारको लाइन सार्न निवेदन दिई मोलतोल गरी रु. १२ लाख दिने सहमति जनाएपछि विद्युत प्राधिकरण प्रमुखले कारखानाका साहु सन्तोष सित नेपाल विद्युत प्राधिकरणको रिचार्जेबुल खातामा पैसा हाल्न लगाए । यता नेविप्रा प्रमुख नरेश पाण्डेले सो काम गर्न स्टीमेट तयार पार्दा तार हटाउन र टूान्सफरमर जडान गर्न रु. २ लाख हुन आयो । नियमतः पाण्डेलाई रु. १ लाखसम्मको कार्य गर्न स्वीकृति दिनसक्ने अधिकार रहेको र त्यो भन्दा माथि क्षेनिका निर्देशक दिर्घायू श्रेष्ठलाई डेढ लाखसम्म स्वीकृत गर्ने अधिकार रहेकोले यो कार्य सोभन्दा माथि विभागीय प्रमुख महाप्रबन्धक समक्ष पुग्ने कार्य हुन पुग्यो । जसकारण उनी एउटै कारखानाको सानोकामलाई पनि एकैचोटी गर्न सकिने कामलाई टेन्डर ननिकाली तीन टुक्रामा विभक्त गरी जबरजस्ती नियमकोपरिधिभित्र पार्ने चतुरो दिमाग लगाए । प्रथम पार्टमा लाइन तार खोल्ने, दोस्रो पार्टमा लाइन तार तान्ने र तेस्रो पार्टमा टूान्सफरमर राख्ने गरी कार्यादेश दिए । यद्यपि त्यसरी गर्दा पनि विद्युत प्राधिकरणको प्राविधिक शाखाको अप्रूभलमा मात्र गर्नुपर्ने हो त्यसो केही नगरी ठाडै नियम मिची आपैंm स्वीकृति दिएर फाइल स्वीकृतको लागि एक तहमाथि निर्देशक दिर्घायू श्रेष्ठबाट अनुमोदन गराए । यस कार्यको अर्को ठूलो पार्ट पुराना ेपोलहरु उखेल्ने रहेकोछ । जुन अहिलेसम्म बांकी नै छ । साथै रुकमणी मार्बल्स कारखानाको बीचोबीच गएकोलाइनलाई साइडबाट बाइपास गरेर लगिएको छ । त्यसमा पनि निजको तार तान्ने, पोलहरु गाड्नेकार्यको कार्यादेश टुक्राटुक्री गरेर नै दिएको छ । नियमतः यसरी एउटै काम ठूलोरकमको १ लाखभन्दा ठूलो रकम हुने भएकोले यसलाई टेन्डर गरेर गर्नुपथ्र्यो त्यसो नगरी टुक्रा टुक्रा गरेर कोटेसनको आधारमा कार्यादेश दिई भ्रष्टाचार गरेका छन् ।
यस अलावा नेपाल विद्युत प्राधिकरणमा माघ १२ गतेदेखि कार्यभार सम्हालेपछि लाइन थ्री फेज वा पावर लाइन वितरण गर्दा प्रति केभिए रु. १ हजारको दरले लिई थुप्रै लाइनहरु वितरण गरेकाछन् । जसमध्ये प्रमुखतः भगवती स्टीलमा पहिलादेखि रहेको आठ सय केभिए पावर लाइनमा दुई सय केभिए थप गरेर रु. २ लाख तथा त्यही गु्रपको भगवती रोलिंग मिलमा चार सय केभिए लाइन थप गरी ४ लाख गरी जम्मा रु. ६ लाख रुपैयां कुम्ल्याउन सफल भएका छन् । घण्टाघरदेखि पूर्व रेलवे लिंकरोडमा डाइमन्ड प्लाष्टिक उद्योग अगाडि रहेको अढाई सय केभिएको टूान्सफरमरमा लोड बढी भएर जलेपछि डाइमन्ड कारखानाको मालिकलाई लगाएर वरपरका मानिसहरुसंग पैसा संकलन गराई रु. २ लाख लिएर अढाइ सय केभिएकोठाउंमा चार सय केभिएको टूान्सफरमर यही चैत महिनामा त्यहां राखेका छन् ।
यसैगरी नयां लाइन वितरण नगर्ने सूचना वैशाख महिनामा निकालेपछि जगदम्बा सिमेन्टको सामुन्ने नयां स्थापना हुन लागेको मां दुर्गे पूmड प्रोडक्ट, छातापिपराको कारखानामा आठ सय केभिएको नयां लाइन सिधै ८ लाख रुपैयां लिएर नयां लाइन प्रदान गरेका छन्। जुन लाइन जोड्ने बेलामा करेन्ट लागी नेविप्राका फोरमैन रामकृष्ण श्रेष्ठको मृत्यु हुन गएको थियो । यस्तै सुखचैना नजिक रहेको किलकाटी कारखानामा ५० केभिएको लाइन थप गर्दा रु. ५० हजार साथै पावरहाउस चोकदेखि २ सय गज पश्चिम सुन्दर स्टील फर्निचरको गेटकोसामुन्ने सरावगी गु्रपको कारखानामा दुई थान पोल र एबिसी केबुल डेढ सय मिटर फालेर लाइन दिएका छन्। जुन एबिसी केबुलकोप्रति मिटर रु. ४ सय पर्न जान्छ । यस कामको लागि पनि निजले राम्रो रकम हात पारेको बताउंछन् । सुन्दर स्टील फर्निचरमा नेपाल विद्युत प्राधिकरणले छुटाछुटै दुई थरिको विद्युत् लाइन सप्लाई गरेका छन् । एउटा पहिल्यै देखि वीरगंजको फिडर नं. ५ बाट लाइन आएको छ भने अर्को लाइन विन्दवासिनी औद्योगिक फिडरबाट तानेर चालिस केभिएको लाइन दिएका छन् । स्मरण रहोस् औद्योगिक लाइन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म लगातार रहनेगर्छ । यसरी सुन्दर स्टील फर्निचरमा कुनै बेला पनि लोडसेडिंग हुने सम्भावना रहेन । सो लाइनबाट फर्निचर उद्योग, पेटूोल पम्प र रोडमा टांसिएका निजकै कारोबारहरुमा चौबीसै घण्टा लाइन हुने गर्छ ।
हाल एशियाली विकास बैंकदारा सञ्चालित मझौला शहरी एकीकृत विकास वातावरणीय परियोजनाको निर्माण विकासको कार्यमा व्यवधान उत्पन्न गर्ने पोलहरु सारिंदा त्यसमा निम्न लिखित दरभाउ ठेकेदारलाई दिने गर्छन्। पिएससी ११ मिटरको पोल गाड्दा ८ हजार ५३ रुपैयां प्रति पोल र पोल उखेल्दा त्यसको ६० प्रतिशत ४ हजार ८ सय ३२ रुपैयां, तार तान्दा एउटा तारको १८ हजार २ सय ६२ रुपैयां प्रति किलोमिटर र ३ वटा तारको ५४ हजार ७ सय ८६ रुपैयां प्रतिकिलोमिटरको दरले लिने गरेको र पुरानो तार खोल्दा त्यसको ६० प्रतिशत ३२ हजार ८ सय ७२ रुपैयां साथै कुनै कुनै पोलको वजन बढी भएकोले पोल एकातिर झुक्न सक्ने सम्भावना रहेकोलाई दुवै साइडबाट स्टेतार गाड्नको लागि १५ सय ४४ रुपैयां तथा स्टेू उखेल्नेको लागि सोको ६० प्रतिशत ९ सय २६ रुपैयां चार्ज लिने गर्छन् । सो स्टीमेट अनुसारको कार्यादेश दिएर ठेकेदारमार्पmत काम गराउंदा हुन आउने रकमको ४० प्रतिशत रकम कार्यालय प्रमुख आफैले लिने, ५ प्रतिशत रकम लेखा प्रमुख (सिइओ) र बांकी ५ प्रतिशत बिल भौचर उठाउने कर्मचारीले ठेकेदारसंग अग्रीम भुक्तानी लिने गर्छन् । कथमकदाचित कुनै ठेकेदारले अग्रीम भुक्तानी दिएन भने कार्य सम्पन्न गरेपछि भुक्तानी दिने चेक काट्दा दुईवटा चेक बनाउने गर्छन् । एउठा ठेकेदार रकम बराबरको र अर्को विद्युत कार्यालय प्रमुख र अन्य मतियारहरुको भागमा पर्ने रकम गरी ५०।५० प्रतिशतको दुईवटा चेक बनाई सही छाप गराएर एउटा चेक ठेकेदारलाई दिई पठाउंछन् भनेअर्को चेक ठेकेदारको हस्ताक्षर चेक पछाडि गराई मतियार मार्फत चेक साट्न लगाउने रकम असूल्ने काम गर्ने गर्छन् । यति विधि सावधानीका साथ गुरुयोजना बनाएर नरेश पाण्डे र तिनका मतियारहरु कार्यालयमा ब्रहमलुट मचाइरहेका छन् । एडिबीदारा सञ्चालित वीरगंज शहरभित्रको परियोजनामा तत्कालीन कार्यालय प्रमुख ऋषि वर्णवालले ६ सय थान पोल सार्नकोलागि रु. २ करोड ३० लाख स्टीमेट गरेर कार्यालयमा पठाएका थिए । उक्त रकमको ५० देखि ५५ प्रतिशतसम्म पाण्डे र तिनका भ्रष्टाचार निकायका सल्लाहकार, योजनाकार, खाउकारहरुले नखाइ छोड्दैनन् । आफनो भ्रष्टाचार गर्न सजिलो पर्ने नियमसंग भिड्न सक्ने खालको सानो सानो टुक्रा बनाई पोलहरु सार्ने कार्य गरिरहेकै कारणले चाहिने जति छिटो छरितो कार्य हुन नसकिरहेकोले नै विकास निर्माणको परियोजनामाथि ठूलो असर परिरहेको छ । विद्युत् प्राधिकरणकै कारणलेहोला एडिबीले वीरगंज शहरभित्र सञ्चालन गरेको विकास निर्माण कार्यको अर्को फेज कहि रद्द नगरिदिओस् ।

प्रतिक्रिया