Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जनस्वास्थ्य कार्यालय प्रमुख महतोको

SHARE: 520



काशीनाथ यादव
वीरगंज, ७ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सामा कार्यालय प्रमुखको रुपमा अरुणकुमार महतो आएदेखि चरम भ्रष्टाचार मौलाएको रहस्योद्घाटन हुन पुगेको छ ।
    पर्सा जिल्लाभरी रहेको ८२ वटा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुको लागि औषधी खरिद गर्न नेपाल सरकारबाट प्राप्त हुन आएको रु. ३० लाख मध्ये २९ लाखको औषधी खरीद गर्न नियमत: खरीद समिति गठन गरी खरीदको जिम्मा लगाउनुपर्ने हो तर त्यसो नगरी सिधै टेन्डर आह्वान गरेर रु. २४ लाखमा औषधी आपूर्ति गर्न हेटौंडा, मकवानपुरको शाह मेडिकल स्टोरलाई जिम्मा दिएका थिए । सो सप्लायरले सम्झौता पत्रमा उल्लेख भए अनुसारको औषधीभन्दा भिन्दै औषधी सप्लाइ गरेका छन् । बेनलिक ह्वाइट फिल्ड ओइन्टमेन्ट ३० ग्रामको सप्लाई गर्ने सम्झौता गर्ने सम्झौता भए पनि ३० ग्रामको साटो १० ग्राम र १५ ग्रामको डब्बा लिएर संख्या पूरा गरेका छन् । त्यसमा पनि जनस्वास्थ्य कार्यालयमा खरीद गर्ने औषधीमाथि नेपाल सरकारद्वारा नि:शुल्क वितरणको लागि भनी लेखिएको हुनुपर्छ । साथै उक्त औषधीको मूल्य उल्लेख हुनु हुँदैन तर जनस्वास्थ्य कार्यालय प्रमुख अरुणकुमार महतोले खरीद गरेको यसपालिको औषधीमा स्वास्थ्य मन्त्रालयद्वारा नि:शुल्क वितरण लेखिएको छैन र औषधीको मूल्य समेत अंकित रहेको छ । कार्यालयको विश्वस्त स्रोतले जनाए अनुसार मूल्य अंकित उक्त औषधी वीरगंज घण्टाघर, न्यूरोड स्थित एक औषधी पसलेसित बेच्ने योजना समेत तयार पारिसकेको बताएका छन् ।
    उक्त औषधी ढुवानीको लागि ढुवानी कार्यमा सरकारी गाडीको प्रयोग गरिएको भए तापनि भाडाको गाडी प्रयोग गरेर ढुवानी गरेको भनी रु. २ लाख ६० हजारको बिल बनाई खर्च देखाई हजम गरेका छन् ।
    कार्यालय तथा फिल्डमा काम गर्ने ओहदेदार स्वास्थ्यकर्मीहरुको लागि ल्यापटप तथा कम्प्युटर खरीद गर्ने शीर्षकमा रु. ७ लाख देखाई सोको बिल भौचर मात्र बनाई थोरै सामान खरिद गरी बिल भुक्तानी लिएका छन् ।
    यसैगरी स्टेशनरी खरीद शीर्षकमा आएको बजेटबाट आर्थिक वर्ष २०७०/७१ भित्र एकपटक मात्रै खरीद गरेर बाँकी रकम भ्रष्टाचार गरेका छन् । साथै जिल्लाभरीमा रहेका ८२ वटै स्वास्थ्य चौकी तथा उपचौकीहरुको लागि फर्निचर खरीद गरिएको भनी बिल भौचरको भुक्तानी समेत गरिसकेका छन् तर कुनै पनि चौकीमा कुनै फर्निचर आजसम्म नगएको उपस्वास्थ्य चौकीका इन्चार्जहरु बताउँछन् ।
    जिल्लाभरीको विद्यालयहरुमा प्राथमिक उपचार किट पठाउनको लागि अधिकृत कामेश्वर चौरसियाको नाममा ८ लाख रकम निकाशा गरी २७० थान टीनको सानो बक्सा खरीद गर्न लगाएका छन् । एक बक्साको बजारको खरीद भाउ रु. १५० देखि रु. २०० खुद्रा मूल्य पर्ने भए पनि सो प्रति बक्साको रु. ५०० को दरले बिल भौचर फछ्र्यौट गरेको कार्यालय तथ्याड्ढमा विद्यमान छ । जनस्वास्थ्यको कर्मचारी उमाशंकर यादवको नाममा विभिन्न कार्यक्रमको लागि विभिन्न मितिमा गरी लगभग रु. १ करोडको हाराहारीमा पेश्की रहेको मध्ये यही असार ३२ गतेका दिन मात्रै उमाशंकर यादव र कामेश्वर चौरसियाको नाममा  विभिन्न पेश्कीहरु फछ्र्यौट गरेको भनी तीन फाइल बिल भौचरसहितको डकुमेन्ट तयार गरी कोलेनिकाबाट एकैचोटी ३५ थान चेक भुक्तानीको लागि दिइएको लेखा शाखाबाट जानकारी हुन आएको छ । त्यसमध्ये उमाशंकर यादवको नाममा ३० लाखको ६ वटा चेक इस्यु गरिएको समेत बुझिन आएको छ ।
    यति मात्रै नभएर खुद्रा औषधी खरीद गर्ने भनी टिप्पणी उठाई औषधि नै खरीद नगरिकन मनोज मेडिकल घण्टाघरबाट बिल भौचर मात्रै देखाई रु. २ लाख ५० हजार लेखाबाट झिकेर आफ्नो गोजीमा कार्यालय प्रमुख महतोले कुम्ल्याएका छन् । डेंगु कार्यक्रम सञ्चालनको लागि कर्मचारी फुलेना श्रीवास्तवलाई असार ३२ गते रु. ५ लाख पेश्की दिइएको देखाइएको छ र सो कार्यक्रम कागजमा असार २५ गते नै सम्पन्न गरेको मिति लेखी पेश्की फछ्र्यौट गराउनको लागि लेखा शाखामा प्रस्तुत गरिएको छ । त्यस कार्यक्रममा ३६ जना प्रशिक्षक खटाइएको भनी लेखेर बिल प्रस्तुत गरिए तापनि ६ जना मात्रै प्रशिक्षक राखिएको थियो । त्यसमा पनि एकजना प्रशिक्षकको रुपमा कार्यालय प्रमुख अरुणकुमार महतोको श्रीमती धु्रवतारा महतोलाई प्रशिक्षक बनाइएको थियो । प्रशिक्षकमा खटाइएका धु्रवतारा महतो महिला स्वयंसेविका हुन् । उनी माध्यमिक विद्यालयसम्मको शिक्षा आर्जन गरेकी छिन् । मासिकाले डेंगु सम्बन्धी प्रशिक्षण तालिम दिन नियमले कतै पनि मिल्दैन । उक्त कार्यक्रम वीरगंज उपमहानगरपालिकाको १९ वटै वार्डमा सञ्चालन गरिएको र प्रत्येक वडामा १० देखि १२ जना सहभागी भएको देखाइएका छन् र सो सहभागीहरुको लागि खाना नास्ताको व्यवस्था समेत गरिएको बिल बुझाए पनि त्यस प्रकारको कुनै सुविधा कार्यक्रममा दिइएको थिएन ।
    खोप दिवस जिल्लामा मनाउनको लागि उपस्वास्थ्य चौकी बागवानाको इन्चार्ज मिथिलेश साहको नाममा रु. २ लाख ५० हजार पेश्की निकाशा गरिएको कार्यालय तथ्याड्ढबाट देखिन्छ । जिल्लास्तरीय कार्यक्रमको लागि उक्त पेश्की उपस्वास्थ्य चौकीको इन्चार्जलाई दिन मिल्दैन ।  त्यस कार्यक्रममा ८२ वटै चौकीका इन्चार्जहरुलाई क्वार्टरमा बोलाई कार्यक्रम नै नगरी प्रत्येक इन्चार्जलाई रु. ६००/– को दरले रु. ४९,२००/– वितरण गरेर कार्यक्रम सञ्चालन भएको कागजमा दस्तखत गराई बाँकीको रकम भाग शान्ति जय नेपाल गरेका छन् ।
    महिला स्वयंसेविकाहरुलाई वेसिक तालिम दिने कार्यक्रमको लागि मुडली उपस्वास्थ्य चौकीका इन्चार्ज योगेन्द्र चौरसियाको नाममा रु. ५ लाख ३२ हजार पेश्की  निकाशा गरिएको देखिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रशिक्षण  दिइने उक्त कार्यक्रममा उपस्वास्थ्य चौकीको इन्चार्जको नाममा पेश्की दिन र सो कार्यक्रममा चौकीका इन्चार्जहरुलाई प्रशिक्षक राख्न नियमले मिल्दैन । महिला  स्वयंसेविकालाई वेसिक तालिम दिंदा नयाँ र फ्रेस महिलाहरुलाई सहभागी गराउनुपर्नेमा त्यसो नगरी तालिममा ६३ जना सहभागीमध्ये १३ जना मात्रै नयाँ थिए र बाँकी ५० जना पहिल्यै तालिम लिइसकेका पुरानो स्वयं सेविकाहरुलाई सहभागी गराइएको थियो, जुन नियम विपरीत रहेको छ ।
    खोप तालिम शीर्षकमा रहेको १५ लाख ५० हजार बजेट रहेकोमा रु. १५ लाख ४९ हजार ८ सय लेखापाल तीर्थराज पोखरेलको नाममा कार्यालय प्रमुख महतोले पेश्की निकाशा गराए । खोप सम्बन्धी सो तालिम भ्याक्सिनेटर पद रहेकाहरुलाई गराउनुपर्ने हो । तर १३० जना  भ्याक्सिनेटरलाई सहभागी गराई बाँकी ३२ वटा भ्याक्सिनेटरलाई तालिमबाट वञ्चित गराई उपस्वास्थ्य चौकी इन्चार्जहरुलाई अनियमित तरिकाले तालिम सहभागी गराइएको देखाइएको छ ।  साथै सो तालिममा ब्याग दिनुपर्ने प्रावधान नभए पनि रुपैयाँ हजम गर्नको लागि साधारण र सस्तो खालको २५० थान ब्याग खरिद गरेको देखाई प्रतिब्याग रु. १०५०/– को दरले बिलको भुक्तानी दिइएको देखाइएको छ । सो बिल पनि भ्याट बिल नरहेको लेखा शाखाको रेकर्डमा देखिन्छ । बाँकी ३२ जना भ्याक्सिनेटरलाई तालिमलाई गराउने बापतको रु. १ लाख ५० हजार रकम लेखापाल तीर्थ पोखरेल र कार्यालय प्रमुख महतो मिली स्वाहा गरेका छन् ।
    यसैगरी जिल्ला भरिमा मलेरियाको बिरामी पत्ता लगाउन रगत संकलन तथा सलाइड बनाउनको लागि छुट्याइएको रकम रु. २ लाख ७० हजार लेखापाल तीर्थ पोखरेलको नाममा पेश्की झिकेर भागवन्डा लगाएका छन् । जसमध्ये उपस्वास्थ्य चौकी इन्चार्ज २५ जनालाई जनही रु. १/१ हजारको दरले २५ हजार दिइएको र बाँकी रकम हिनामिना गरेका छन् । सो सम्बन्धमा मलेरियाको लागि स्लाइड बनाउने र रगत संकलन गर्ने  प्रयोगशालाका स्टाफहरुलाई कुनै प्रकारको थाहा जानकारी समेत नरहेको प्रयोगशाला स्रोतले यस दैनिकलाई जनाएका छन् ।
    यस आव २०७०/७१ मा पोलियो–रुबेला कार्यक्रमको लागि  रु. ६ लाख ४० हजार छुट्याइएको रकम पोलियो फाँटका इन्चार्ज सचिदानन्द सिंहले आफ्नो नाममा पेश्की लिई त्यसमध्ये ४ लाख खर्च गरेर बाँकी २ लाख ४० हजार कीर्ते प्रशिक्षक खडा गरी कीर्ते हस्ताक्षर समेत गरेर बिल भौचर पेश गरेका छन् । सबैभन्दा हाँस्यास्पद कुरा के छ भने त्यसमध्ये कतिपय प्रशिक्षक नभएको नाम पनि लेखिएको छ । ती नामहरु लेखेर, बिल भौचरहरु फछ्र्यौट गरी रकम प्रमुख महतो र सचिदानन्द सिंह मिली बाँडीचुडी सिध्याएपछि पोलियो फाँटका कर्मचारीहरु रुष्ट हुन पुगेका छन् ।
    गाडीमा प्रयोग गरिने इन्धन पेट्रोल र डिजेल नियमत: खर्च गर्दा गाडीमा रहेको लड्डबुकमा लेखी आवश्यकता अनुसार कुपन काट्नुपर्ने हो तर त्यस्तो केही पनि नगरी आफूखुशी कार्यालय प्रमुख अरुण महतोले रु. ५ लाख सम्मको आन्तरिक भुक्तानी लिई एक्लै हिनामिना गरेका तथ्य प्रमाण प्राप्त भएको छ ।
    आव २०७०/०७१ मा प्रशासन प्रमुखको रुपमा कार्यरत सुमित्रा लामाले कार्यालयमा रहेको दर्ता चलानी रजिष्टर आफ्नो मातहतमा राखेकी छिन् । त्यस रजिष्टरमा बीच–बीचमा केही पानाहरु खाली छोडी चलानी नं. ४०० देखि ५०० नं.को एउटै चलानी नं.मा दुई भिन्दाभिन्दै प्रकृति र प्रवृत्तिका पत्रहरु चलानी गरिएको पाइएको छ । सो चलानीहरु देखाएर एउटा पत्र लेखी अर्को पत्र कीर्ते रुपमा पठाएर सो पत्रबाट आउने रकम गवन गर्ने गरेको स्रोतको दावी रहेको छ । जनस्वास्थ्य कार्यालयको ठूलो कार्यक्रम अन्तर्गत गरिएको ऐतिहासिक भ्रष्टाचारको रुपमा तथ्याड्ढ  फाँटको कार्यक्रमलाई लिन सकिन्छ । त्यसको लागि १ करोड बजेट रहेकोमा ७० लाखको कार्यक्रम चलेको कार्यालयमा तथ्याड्ढ रहेको देखिन्छ । सोको पेश्की कार्यालय कर्मचारी तथ्याड्ढ अधिकृत उमाशंकर यादवको नाममा झिकिएको छ । बाँकी ३० लाख रुपैयाँ कार्यक्रम सञ्चालन गर्न नसकेर फ्रिज भएको छ । त्यो पेश्की रहेको ७० लाख रकममध्ये अधिकांशत: कार्यक्रम सञ्चालनै नगरी भ्रष्टाचार गरिएको देखिन्छ । तथ्याड्ढ तयार पार्नको लागि विशेषरुपले सञ्चालन गरिने ज्:क्ष्क् (हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) सम्बन्धी ५ देखि १० वटा गाविसका स्वास्थ्यकर्मी हरुलाई बोलाई पटक–पटक गरी एक महिनसम्म तालिम सञ्चालन गरिएको भनेर रु. २६ लाख ५१ हजार बजेट सिध्याइएको थियो । जसमध्ये फोटोकापी गराएर मैनुअल तयार पार्ने शीर्षकमा रु. २ लाख खर्च देखाइएको छ । त्यस्तो कुनै पनि फोटोकपी नगरी विभागबाट मैनुअल मगाइ कार्यालयमा रहेको फोटोकपी मेसिनलाई सामान्यत: प्रयोग गरी हलुको पाराले कार्यक्रम सञ्चालन गरिएको छ । त्यसमध्ये २ लाख रुपैयाँबाट भवानी प्रेस रानीघाटलाई कागज छापेको भनेर बिल बनाउन लगाई रु. १० हजार दिएको र बाँकी रकममध्ये रु. ९५/९५ हजार कार्यालय प्रमुख अरुण महतो र उमाशंकर यादव बांडीचुंडी खाएको स्रोतले जनाएको छ ।
    कार्यालय प्रमुखको उक्त भ्रष्ट रवैयाबारे आवाज उठाउने कर्मचारीहरुको मुख बन्द गर्नको लागि तिनीहरुलाई पनि भ्रष्टाचारमै समावेश गरेर लैजाने नीतिको तहत कार्यालय प्रमुख अरुण महतोले ती कर्मचारीहरुलाई टिए, डिए दिएर मुख बन्द गर्ने गरेको देखिन्छ । जस अनुरुप खोप फाँटमा कार्यरत कर्मचारीको टिए, डिएको बिल मात्रै हेर्ने हो भने १८ लाख रुपैयाँ तथा क्षयरोग तथा कुष्टरोग विभागको कर्मचारीहरुलाई रु. ५ लाख, मलेरिया फाँटका कर्मचारीहरुलाई रु. २ लाख ७० हजार र जेनरल टिए, डिए रु. ८ लाख गरी रु. ३३ लाख ७० हजार टिए, डिएको शीर्षकमा रकम निकाशा गरिएको देखिन्छ । यसबाहेक अन्य कर्मचारीहरुलाई विभिन्न कार्यक्रम गरी करिब रु. १० लाख टिए, डिएमा खर्च भएको कार्यालयमा विद्यमान बिल भर्पाइमा देख्न सकिन्छ ।
    भर्खरै निर्माण गरिएको जनस्वास्थ्यको नयाँ भवन मरम्मत गरिएको भनी रु. ३ लाख ३५ हजार ८ सय २७ रुपैयाँ २७ पैसाको बिल बनाई यसै सातामा पेश गरिएको छ । यद्यपि त्यसप्रकारको कुनै मरम्मत सम्भारको कार्यक्रम त्यस भवनमा गरिएको छैन ।
    कार्यालयमा कार्यरत पाँचौं तह
(सि. अहेबमा रहेका चारजना  कर्मचारीहरु– बालकिशोर यादव, नरेश साह, सिर्जनाकुमारी चौधरी र भागिरथ चौधरी) को स्तरोन्नतिको लागि विभागले पाँच महिना अघि पत्र पठाएको थियो । तर ती कर्मचारीहरुसित कार्यालय प्रमुख महतोको राम्रो सम्बन्ध नरहेको हुनाले पत्रलाई आफ्नो घर्रामा दबाएर राखेका थिए । जुन भर्खर मात्रै सार्वजनिक गरेका छन् । जसले ती कर्मचारीहरुको जीवनमा ठूलो असर परेको कार्यालयका अन्य स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरु बताउँछन् । 

भ्रष्टाचारका गाथाहरु

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: जनस्वास्थ्य कार्यालय प्रमुख महतोको
जनस्वास्थ्य कार्यालय प्रमुख महतोको
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWDZAghOg3H3nNaEnN4lmStX8A2YOQhc8STsDZa-LGSBn-w1TOAEPa8Y4-bOqUjRAJRisxNDN9DXbl30-7FOKH7YaxjhD-RR6evQDFzDaRlvNLKy6H6erV8ZljNc_oBOWOw2gnLC6e6QNh/s1600/jansastha+photo.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWDZAghOg3H3nNaEnN4lmStX8A2YOQhc8STsDZa-LGSBn-w1TOAEPa8Y4-bOqUjRAJRisxNDN9DXbl30-7FOKH7YaxjhD-RR6evQDFzDaRlvNLKy6H6erV8ZljNc_oBOWOw2gnLC6e6QNh/s72-c/jansastha+photo.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2014/08/blog-post.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2014/08/blog-post.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content