वीरगंज, ७ कात्तिक÷जिल्ला प्रहरी कार्यालय पर्साले सुनचा“दीको अवैध कारोबारमा व्यवसायी राजकुमार दारुकालाई फसाउन खोजेको भन्दै पर्सा सुनचा“दी व्यवसायी संघले घोर आपत्ति प्रकट गरेको छ ।
संघको कार्य समितीको बुधबार सा“झ र बिहीबार बिहान बसेको आकस्मिक बैठकले पर्सा सुनचा“दी व्यवसायी संघका सदस्य समेत रहेका व्यापारी राजकुमार दारुकालाई उनको निवासबाट परिवारका सदस्य सामू नै प्रहरीले पक्राउ गरेर लगेको भएपनि छपकैया“बाट पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत् दाबी गरेकोमा आपत्ति जनाएको हो ।
बैठकपछि सञ्चारकर्मीस“ग कुराकानी गर्दै संघका उपाध्यÔ भुलन सर्राफले अवैध सुनको तस्करी नियन्त्रण्ँ गर्न प्रहरीले देखाएको सक्रियता सकारात्मक भएपनि झूठो आरोपमा निर्दोÈ व्यक्तिलाई फसाउन खोज्नु आपत्तिजनक भएको भन्दै बैठकले भत्र्सना गरेको बताए ।उनले बैठकले व्यवसायी राजकुमार दारुकाविरुद्ध लगाइएको झूठा आरोप फिर्ता नलिइए संघले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित रेशमकोठीको छ नम्बर गेटबाट वीरगन्ज १९ इनर्वाका हरेन्द्र यादवलाई प्रहरीको क्राइम नियन्त्रण्ँ टोलीले १ किलो सुनसहित पक्राउ गरेको थियो । सुनसहित यादवलाई पक्राउ गरेर लगत्तै प्रहरीले लोहारपट्टीस्थित निवासमा व्यवसायी राजकुमार दारुकाको निवासमा छापामारी गरेर २१ लाख रुपैया“ नगदसहित दारुकालाई समेत नियन्त्रण्ँमा लिएको उनको परिवारजनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीÔक धीरजप्रताप सिंहले पक्राउ परेका दुवैजनालाई नगद र सुनसहित राजश्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको बताएका छन् ।
प्रतिक्रिया