वीरगंज,
७ कात्तिक । परवानीपुरस्थित आर एम केडिया आंखा अस्पतालमा बाल आंखा
परीक्ष्ँण विभाग शुरु गरिएको छ । जसमा आठ जना १० वर्ष मुनिका बालबालिकाको
सफल नेत्र शल्यक्रिया गरिएको बाल नेत्र विशेषज्ञ सञ्जय कुमार सिंहले
बताउनुभएको छ ।
नेपालमा काठमाडौंको टिचिंग अस्पताल, तीलगंगा आंखा अस्पताल, भैरहवास्थित नेत्र विज्ञान अध्ययन संस्थान, धरानको विपी कोइराला शिक्षण अस्पताल र विराटनगरको आंखा अस्पताल पछि नेपालको पांचौं बाल आंखा विभागको रुपमा आरएम केडिया आंखा अस्पतालमा स्थापना गरिएको हो । यसले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनको बालबालिकाका आंखा रोगीहरुलाई सफल उपचारको सेवा प्रदान गर्ने अस्पतालका प्रशासकीय अधिकृत प्रकाश बर्माले बताउनुभएको छ ।
बिहीवार सातजना जन्मदेखि मोतियाबिन्दूको रोगले ग्रसित बालबालिका र एकजना आंखा फुटेको बालकको सफल शल्यक्रिया गरिएको डा. सञ्जयकुमार सिंहले बताउनुभएको छ । सो शल्यक्रियामा नारायणी अस्पतालका एन्थेसियाको डा. जगदीश अग्रवालले बेहोस पार्ने औषधि दिएका थिए । बाल्य आंखा विभागलाई ओर्विस इन्टरनेशनलले सहयोग गरिरहेको र त्यसले भेन्टिलेटर, एन्थेसिया मेसिन र डिफ्रिबिलेटर नामक मेसिन उपलब्ध गराइसकेको अस्पतालले जानकारी गराएको छ । सञ्चालन गरिएको यस बालनेत्र विभागको सेवाबाट नारायणी अञ्चलदेखि लिएर भारत, बिहारको बिरामीहरु लाभान्वित हुने आशा लिइएको छ ।

प्रतिक्रिया