वीरगंज, ७ कात्तिक÷
बारामा संविधानसभा निर्वाचनका उम्मेदवारहरुले सुरÔा गार्ड उपलब्ध गराउन प्रहरी प्रशासनमा दबाब दिन थालेका छन् । ठूला पार्टी र पहु“चवाला उम्मेदवारलाई छानी–छानी सुरÔागार्ड उपलब्ध गराएपछि साना दलका उम्मेदवारले दबाब दिन थालेका हुन् । प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले प्रहरीको जनशक्ति हेरेर र उम्मेदवारको सुरÔा खतरा विचार गरी सुरÔा गार्ड उपलब्ध गराइएको जानकारी दिए । जिल्लामा २ सय ४१ जना उम्मेदवार प्रत्यÔतर्फ चुनावी प्रतिस्पर्धामा छन् । २ सय ४१ मध्ये २७ जना उम्मेदवारलाई सुरÔाका लागि प्रहरी खटाइएको छ । एमाले उम्मेदवार मोहम्मद आलमको हत्या गरिएपछि अरु उम्मेदवारले सुरÔाकर्मी मागेका हुन् ।
प्रतिक्रिया