वीरगंज, ७ कात्तिक । आसन्न संविधानसभाको निर्वाचन नजिकिंदै गर्दा वीरगंज राजनीति सरगर्मी बढ्दै गएको छ । नेताहरु घरदैंलो अभियान तथा मत माग्ने कार्यमा मात्र व्यस्त छैनन्, एकले अर्कामाथि आरोप–प्रत्यारोप लगाउन पनि पछि परेनन् ।
तमलोपा क्षेत्र नम्बर १ पर्साले बिहीवार पर्साको खल्वाटोला श्रीसिया गाविसमा आयोजना गरेको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पर्सा क्ष्ँेत्र नम्बर १ का प्रत्यक्ष्ँ उम्मेदवार बिमल श्रीवास्तवले नेपाली कांग्रेस र एमालेले मधेशको हक अधिकार दिन नचाहेको आरोप लगाएका छन् ।
उनले मुलुक गणतन्त्र पछि भएको पहिलो संविधानसभाबाट मधेश र मधेशीको हक अधिकार स्थापित हुन नदिन कै लागि कांग्रेस र एमालले सविधान सभा भंग गर्नमा ठूलो भुमिका निर्वाह गरेको दावी समेत गरे । उनले मधेश आन्दोलनमा नेपाली कांग्रेस कै महामन्त्री तथा तत्कालीन गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले ५४ जना मधेशीहरुलाई शहीद बनाएको आरोप लगाए ।
सभामा पार्टीकै केन्द्रिय सदस्य एव पर्सा क्ष्ँेत्र नम्बर १ का समानुपातिक उम्मेदवार रमेश प्रसाद कुर्मीले विमल श्रीवास्तव र बिकास एक अर्काको परिपूरक रहेको बताए ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार अजय चौरसीयाले पर्सौनीभाठा विभिन्न गा.वि.सहरुमा घर दैलौ कार्यक्रम सम्पन्न गरेका छन ।
केन्द्रिय सदस्य चौरसीयाले पर्सौनीभाठाको ह“सवा र पर्सौनी गाउमा दिपावली तथा छट पर्वको शुभकामना आदान प्रदान गर्नुको मत दिन आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा जिल्ला कार्यसमिति, महाअघिवेशन प्रतिनिध नगर कार्य समिती र गाउ“समितिका पदाधिकारीका साथै कांग्रेसी कार्यकर्ता र समर्थकहरुको समेत उलेखनीय उपस्थिति रहेको थियो ।
यसैगरी मधेशी जनअधिकार फोरम नेपाल पर्साको चुनावी सभा तथा पार्र्र्टी प्रवेश कार्यक्रम लिपनी बिर्ताको ताज पुरमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता, नेताहरु फोरम नेपालमा पार्टी प्रबेश गरेका छन् ।
कार्यक्रममा रामायण महतो, बिकाश महतो, माहाबिर ठाकुर, लगायत १५१ जना कायकर्ताले पार्टी प्रबेश गरेका छन् । प्रमुख अतिथी फोरम नेपाल का जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का युवा उम्मेदवार प्रदिप यादवले अबिर लगाई नव प्रवेसी कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।
प्रदिप यादवले आफुलाई नेताको रुपमा न देखेर दाजुभाइ र छोराको रुपमा हेर्न आग्रह गरेका थिए ।
उनले जनताको चौतर्फी विकासको लागि सदैव तत्पर रहने बाचा समेत गरे । कार्यक्रममा जिल्ला सचिव उमेश लाल सहनी, सहसचिव अजय चौरसिया, क्षेत्रीय अध्यक्ष बासुदेव यादव लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया