सूचना प्रविधि केन्द्रमा बास्कोटाको कमाउ अभियान
काठमाडौँ । सिंहदरबारभित्रलगायतका सरकारी कार्यालयका गतिविधिलाई कम्प्युटरका सहायताले चुस्त, दुरुस्त बनाउने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय सुचना प्रविधि केन्द्र थला परेको स्रोतले बताएको छ । राष्ट्रिय सुचना प्रविधि केन्द्र यतिबेला केन्द्रकै कार्यकारी निर्देशक इन्जिनियर अनुप बास्कोटाका कार्यशैलकिा कराण गतिहनि बनेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । कार्यकारी निर्देशक अनुप बास्कोटाको जसर हिुन्छ, कमाउ भन्ने अभियानले केन्द्रका कामहरु लठिबद्र भएको केन्द्रका कार्मचारीहरुको भनाइ रहेको छ । यस विषयमा केन्द्रका एक कर्मचारी भन्छन्- 'हाम्रो हाकिमसाहेब कहिले कार्यालयमा पूरै समय बसेको रर्ेकर्ड छैन, सायद उहाँले क्याम्पसमा एक पिरियड पढाएर आफ्नो ड्युटी पूरा गरेजस्तै सम्झनुभएको होल, त्यही भएर उहाँ यसो कार्यालयमा झुल्कनु हुन्छ । त्यसपछि दिनभर गायब अनि कसर हिुन्छ केन्द्रको विकास - भन्दै उनी अगाडि थप्छन्, कार्यकारी निर्देशकमा अनुप सर आएपछि केन्द्रले सिन्कोसमेत भाँच्न सकेको छैन, बरु दिन दुगुना रात चौगुनाका हिसाबले भ्रष्टाचार बढेको छ । यो सबै हुनुमा कार्यकारी निर्देशककै हात रहेको उनको ठम्याई छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका गतिहीन भयो, भ्रष्टाचार मौलायो भन्ने विषयमा सम्बद्ध कर्मचारीबाट नै गुनासो आएपछि हामीले यस विषयमा बुझन सर्म्पर्क राखी कार्यकारी निर्देशक अनुप बास्कोटासँग सर्म्पर्क गर्न पटक-पटक फोन गर्दा उनी कहिले गृह मन्त्रालय गएको, कहिले मन्त्रिपरिषद्को कार्यालय गएको र कहिले विज्ञान तथा प्रविधि मन्त्रालय बैठकमा गएको भन्ने जवाफ पाइयो । यसै विषयमा थप जानकारीका लागि कार्यकारी निर्देशक अनुप बास्कोटाको मोबाइल नं. ९८०१०१०२६० मा पटक-पटक फोन गर्दासमेत फोन उठेन ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रभित्र मौलाएको भ्रष्टाचारको विषय विभिन्न सञ्चार माध्यम छरपस्ट भइसक्दासमेत कारवाहीको लागि कुनै प्रक्रिया नबढाउने सम्बद्ध सरकारी पक्षप्रति गुनासो गर्दै केन्द्रका एक कर्मचारी गुनासो पोख्छन्, सानालाई ऐन र ठूलाबडालाई चयन भनेको सायद यही होला । नत्र केन्द्र नै डुबाउने गरी भ्रष्टाचारमा लिप्त भएका कार्यकारी निर्देशक अनुप बास्कोटा र उनलाई सहयोग पुर्याउने केन्द्रकै उच्च पदका कर्मचारीमाथि किन कारवाही थालिँदैन - के साँच्चै यो देशबाट नियम, कानुन नै हटिसकेको हो त - भन्ने प्रश्न गर्दै अब आगामी दिनमा कार्यकारी निर्देशक अनुप बास्कोटा र उनका मतियारले केन्द्रभित्र मच्चाएको लुटको फेहरिस्त नै सञ्चार माध्यमलाई उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जाहेर गरे ।
प्रतिक्रिया