Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

SHARE: 520

पार्टीभित्रको अवसरवाद र संशोधनवाद हटाउन विचारधारात्म एटिवान चलाउाछौ
खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', पोलिटब्युरो सदस्य, नेकपा-माओवादी
० पार्टीको सातौ महाधिवेशनपश्चात् बसेको केन्दि्रय समितिको बैठक भर्खरै
सम्पन्न भएको छ, कस्तो रह्यो बैठक ?
केन्द्रीय समितिको बैठक ऐतिहासिक रहृयो । हाम्रो पार्टीको सातौा
महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनमा समयावधिको दृष्टिले, विचार र
लाइनको दृष्टिले, पार्टी र नेतृत्व निर्माणको दृष्टिले, नेपाली
क्रान्तिको बााकी अभिभारा पूरा गर्ने दृष्टिले, ऐतिहासिकता प्राप्त गरेको
छ । सातौा महाधिवेशनले लिएको विचार र क्रान्तिकारी लाइन र आगामी दिनमा
केन्दि्रय समितिले महाधिवेशनका निर्णयहरूलाई योजना बनाएर अघि बढ्दै
कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
० तपाईंहरूले जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग बााकी छ र ?
पार्टीको सातौ महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा जनवादी
गणतान्त्रिक नेपालको निर्माण हो । यो हाम्रो राजनीतिक कार्यदिशा हो ।
सबैभन्दा बढी चर्चा परिचचर्चा हुनुपर्ने विषय यही हो । जनवादी गणतन्त्र
स्थापना गर्नको लागि कार्यनीतिको रूपमा जनविद्रोहको लाइन लिएका छौा ।
संघर्षका रूपहरू विभिन्न खाले हुन्छन् । दस वर्षे जनयुद्धका सबै आधारहरू
भत्के, त्यो सत्य होइन । दस वर्षे जनयुद्धको मुख्य आधार भनेको वैज्ञानिक
विचारको विकास, चेतनाको विकास हो । दस वर्षे जनयुद्धको क्रममा जनताले
स्थापना गरेको विचार, सेना, सत्ता सबै भत्किए भन्ने होइन । नेपालको
कम्युनिस्ट आन्दोलनमा खतरनाक ढङ्गले देखापरेको नवसंशोधनवाद हो, जसको
नेतृत्व प्रचण्ड-बाबुरामजीहरूले गर्नुभयो । त्यही नवसंशोधनवादका कारण
जनयुद्धका आधारहरूमा प्रहार गर्ने काम भयो । केही अधारहरू भत्कन पुगे ।
हामी क्रान्तिकारीहरूको दायित्व भत्किएका आधारहरूको पुनर्निर्माण गर्नु
हुन जान्छ । जनयुद्धको जगको संरक्षण गर्ने दायित्व पनि नेकपा-माओवादीको
हो । त्यससागै नेपाली क्रान्तिको बाकी अभिभारा पूरा गर्ने दायित्व पनि
हाम्रै हो । दस वर्षे जनयुद्धको अनुभव एवं व्यवहारलाई उच्चतमरूपमा रक्षा
एवं प्रयोग गर्दै त्यही जनयुद्धको जगमा जनविद्रोह गर्नुपर्छ भन्ने ढङ्गले
नै हामीले जनयुद्धको जगमा जनविद्रोह भनेका हौा ।
० तपाईंहरूले गर्ने जनविद्रोहको रूप कस्तो हुन्छ ?
जनविद्रोहको आधार जनताको जनआन्दोलनबाट तयार हुन्छ । त्यही आन्दोलन
उत्कर्षमा पुग्ने बेला त्यसले विद्रोहात्मक रूप लिन्छ ।
० सरकार आगामी जेठभित्रमा चुनाव गराउने बताइरहेको छ, के त्यो चुनाव सम्भव छ ?
दलालहरूको सत्ता र तिनीहरूको व्यवस्था नै संसदीय व्यवस्था हो । संसदीय
व्यवस्था यति धेरै जटिलतामा फसेको छ कि त्यसको अन्त्य अवश्यम्भावी भएको छ
। संसद्वादीहरू आˆनो सत्ता र व्यवस्थाको रक्षाको लागि रत्ति पनि सक्दैन ।
त्यस कारण संसद्वादीहरूले चुनाव गरेर त्यसको रक्षा गर्छु भन्नु स्वभाविकै
हो । हाम्रो सवाल भनेको दलालहरूको सत्ता र व्यवस्थाको सवाल होइन, हाम्रो
सावल नेपालका आमसर्वहारा, श्रमजीवि जनताको सवाल भएकोले हामी त्यसतर्फ
लागिरहन्छौा । संसदीय व्यवस्थाको चुनाव त्यसलाई उनीहरूले संविधानसभाको
चुनाव पनि भनेका छन् तर त्यो संविधानसभाको निर्वाचन होइन । संसदवादीहरूले
भन्ने गरेको चुनाव अगामी जेठमा मात्र होइन, नेपालमा त्यो कहिल्यै सम्भव
छैन । नेपाली जनताले भन्ने गरेको निर्वाचन भने यहाा सम्भव छ, त्यो हुनु
पर्छ । दलाल संसद्वादीहरूले गर्ने भनेको संविधानसभाको निर्वाचन षड्यन्त्र
हो ।
० राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न पटक-पटक गरेको प्रयास
असफल भयो, सहमतिको कुनै सम्भावना देखिदैन, अब के हुन्छ ?
राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न भन्दै दलहरूसाग नौ
पटकसम्म आग्रह गरे । तर, त्यो सफल हुन सकेन । राष्ट्रपतिको आशयमा धेरै
शंका नगरौ । राष्ट्रपतिले आˆनो हैसियतबाट जे पहल गर्न सक्नुहुन्थ्यो,
त्यो पूरा गर्न सक्नु भएन । राष्ट्रपतिले नेपालको राजनीति जटिल भएको
सत्यलाई विचार गर्न सक्नुभएन । राष्ट्रपतिको कार्यव्यवहारको कारण पनि
मुलुक र जनताले धोका पाइरहेको देखिन्छ । राष्ट्रपतिले विचार गरेर
दलहरूलाई सजग गराउनैपर्छ । त्यो भूमिकाबाट राष्ट्रपति विमुख भएका छन् ।
० अहिले राजनीतिक दलहरुभन्दा बाहिरका स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री
बनाउने कुरा प्रचारमा आएको छ, यस विषयमा पार्टीको धारणा के छ ?
नेपालका पुराना नया संसद्वादी पार्टीहरू पूर्णरूपमा असफल भइसकेका छन् ।
आˆनो नेतृत्वबाट साम्राज्यवादी एवं विस्तारवादीको योजना एवं षड्यन्त्र
लागू गर्न सकिादैन भन्ने निष्कर्षमा संसद्वादी दलहरू पुगिसकेका छन् ।
त्यसैले स्वतन्त्र व्यक्ति नामको दलाल खडा गरेर साम्राज्यवादी एवं
विस्तारवादीको योजना पूरा गराउने षड्यन्त्रमा यिनीहरूले स्वतन्त्र
व्यक्ति भनेका हुन् । यसले समस्याको समाधान होइन, झनै समस्या खडा गराउाछ
। स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएको भोलिपल्टबाट राजनीतिक दलको
अस्तित्व सकिन्छ, तिनीहरू भेडा गोठाला भए हुन्छ । अहिलेको संकटबाट निकास
निकाल्न अग्रगामी कदमले मात्र सम्भव छ । त्यसको नेतृत्व लिन
नेकपा-माओवादी तयार छ । स्वतन्त्र व्यक्तिले राजनीतिक समस्याको समाधान
गर्छ भन्नु कि त यो भयंकर षड्यन्त्र हो कि त अनाडी सोचाइ हो ।
० तपाईंहरूको नेतृत्वमा सरकार बन्यो भने संकटको समाधान हुने बताउनुभयो,
भनेपछि तपाईंहरू पनि जनविद्रोहको नाममा सरकारमा जानलाग्नुभएको हो ?
हामीले भन्दै आएका छौ, "नेपालको वर्तमान संकटको अग्रगामी निकास
नेकपा-माओवादीको नेतृत्वमा मात्र सम्भव छ ।" त्यसको महत्वपूर्ण पाटो
संविधान निर्माण हो । संविधान निर्माणमा नेकपा-माओवादीको नेतृत्व जरुरी छ
। अन्य दलहरू त असफल भइसके । त्यसकारण हामीले नेतृत्व खोजेको हो, जनताको
चाहना पनि यही छ ।
० तपाईंहरूको नेतृत्वमा सरकार बन्दा संकटले निकास पाउाछ भन्ने ग्यारेन्टी के छ ?
हामीलाई सरकारको नेतृत्व दियो भने जनताको संविधान बनाउन अधिकतम प्रयास
गर्छौं । हामीले दलालहरूलाई आश्वस्त पार्ने होइन, जनतालाई आश्वस्त
पार्ने हो । दलहरूको बीचमा सहमति बनाउनेमा हाम्रो प्र्र्रयास हुन्छ ।
सहमति बनेन र जनताको संविधान बन्ने अवस्था दलालका षड्यन्त्रको कारण सफल
भएन भने हामी जनतालाई भनिदिन्छौ। यो-यो कारणले सहमति बन्न सकेन, संविधान
लेख्न सकिएन भनेर । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेतृत्व लिादा
मात्र सम्पूर्ण संकटको समाधान हुन्छ भन्ने हाम्रो भनाइ हो ।
० केन्द्रीय सदस्य बन्ने विषयमा पार्टीभित्र व्यापक अन्तरविरोध छ भनिन्छ नि ?
कम्युनिस्ट पार्टीको महाधिवेशनको तीनवटा अभिभारा हुन्छ । आˆनो पार्टीको
निर्देशक सिद्धान्तको तय गर्ने, राजनीतिक कार्यदिशाको फैसला गर्ने र
विचार र लाइनअनुसारको संगठन र नेतृत्व निर्माण गर्ने । यो तीन अभिभारा
हाम्रो पार्टीको सातौ महाधिवेशनले सम्पन्न गरेको छ । क्रान्तिकारी पार्टी
निर्माण गर्दै जनताका एजेण्डालाई लागू गर्ने गरी हाम्रो पार्टी सबै
ढङ्गले अगाडि बढेको छ । त्यो काम पार्टीको सातौा महाधिवेशनले लिएको
कार्यनीति एवं कार्ययोजनाबाट प्रस्ट भइसकेको छ । कम्युनिस्ट पार्टीको
संगठन एवं संरचना चुस्त एवं दुरुस्त हुनुपर्छ । प्रचण्डहरु नवसंशोधनवादमा
फस्न पुगेर उनीहरूले टाउकोमा खुट्टा जोड्ने काम गरे । जुन असम्भव थियो ।
टाउकोमा खुट्टा जोड्दा टाउकोले काम गर्दैन भन्ने कुरा उनीहरूले बुझ्न
सकेनन् । उनीहरू कम्युनिस्ट आन्दोलनलाई भुत्ते गर्ने गरी अगाडि बढे ।
अहिले हामीले हाम्रो पार्टीभित्र जेजस्तो फैसला गरेका छौ, त्यो अहिलेको
सन्दर्भमा ठीक छ । हामीले महाधिवेशनमा जे-जे प्रस्ताव पेस गर्यौ, त्यो
सर्वसम्मत पास भयो । बाहिर गरिएको हल्ला मात्र हो । हाम्रो पार्टीभित्र
कुनै विवाद छैन । केन्द्रीय सदस्य जति संख्यामा बनेको छ, त्यो सहमति भई
एकमतले पास भएको हो ।
० तपाईंको पार्टीभित्र पनि प्रचण्ड प्रवृत्ति हावी भयो भन्ने तपाईंकै
नेता, कार्यकर्ताको गुनासो छ नि ?
हाम्रो पार्टीभित्र प्रचण्ड प्रवृत्ति हावी छैन । बरु हामी प्रचण्डबाट
अलग भएर नयाा पार्टी निर्माणसागै नयाा अभियानमा छौा । अलग भएको छ-सात
महिनापछि हामीले महाधिवेशन सम्पन्न गर्यौा । सातौा महाधिवेशनबाट
संशोधनवाद र अवसरवादसाग पूर्णरूपमा सम्बन्ध विच्छेद गर्ने हाम्रो
उद्देश्य थियो । हामीले प्रचण्डसाग जुन प्रवृत्तिविरुद्ध लडेका थियौा,
त्यही प्रवृत्तिहरू हाम्रो पार्टीमा पनि देखिए भने त्यसको अपरेसन
निर्ममतापूर्वक गर्छौं । त्यसको सुरुवात भइसकेको छ । आमजनता एवं
कार्यकर्ताले कुनै शंका गर्नुपर्दैन । हाम्रो पार्टी कुनै पनि हालतमा
प्रचण्डको जस्तो विचारशैली र संगठनको बन्न सम्भव छैन । यो क्रान्तिकारी
माओवादी पार्टी बन्न मात्र सम्भव छ । नेपालमा जनवादी क्रान्ति सम्पन्न
गर्ने गम्भीर जिम्मेवारीका साथ यो नेकपा-माओवादी पार्टी बनेको हो । यो
पार्टीमा बसेर कसैले कमाउने दुस्साहस गरेको छ भने त्यो सगरमाथामा पुगेर
टाउको ठोकाउनुजस्तै हो । जुन असम्भव छ । कुनै पनि रूपको अवसरवाद,
संशोधवाद, हाम्रो पार्टीभित्र देखापर्यो भने हामी त्यस विरुद्ध
विचारधारात्मक एटिवान् ९डज्ञ० चलाउाछौा । यो कुरा आमकार्यकर्ता एवं
जनतालाई विश्वस्त पार्न चाहन्छु ।
० अब अन्त्यमा आमजनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
हाम्रो पार्टीको सातौ महाधिवेशनलाई नेपाली जनताले बढो गम्भीर एवं
उत्साहपूर्ण रूपमा हेरेको थियो । महधिवेशनबाट नेपाली जनताको मुक्तिको
चाहनालाई सम्बोधन गरेका छौ । त्यसलाई पूरा गर्ने योजना निर्माण गरेर
केन्दि्रय समितिबाट त्यसलाई सम्बोधन गरेका छौ । हाम्रो महाधिवेशनको
फैसला, केन्द्रीय समितिले तय गरेको योजना एक पटक पूराका पूरा साथ दिनको
लागि आमनेपाली जनतालाई अपिल गर्न चाहन्छु ।
-राजेन्द्र चिमौरिया

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily
Brahmastr Daily
https://www.brahmastra.com.np/2013/02/blog-post.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2013/02/blog-post.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content