वीरगंज, १५ असोज ।
बाराको पथलैया स्थित प्रहरी चौकीले आज अपरान्ह एक ट्रक रासायनिक मल नियन्त्रणमा लिएको छ । वीरगन्जबाट रामेछाप तर्फ जाँदै गरेको ना ४ ख ३५ नम्बरको ट्रकमा लोड गरिएको रासायनिक मल प्रहरीले तस्करीको आशंकमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको मल सहितको ट्रक आवश्यक अनुसन्धानका लागि पथलैया स्थित राजश्व अनुसनधान इकाइ कार्यालयमा बुझाउने तयारी भइ रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।