कलैया, १९ असोज | मातृका यादव नेतृत्वको नेकपा माओवादी बाराले आज कलैयामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामा सरकारी निकाय र राजनीतिक दलको नेतृत्वबाट भइरहेको भ्रष्टाचारले आम नागरिक आहत भएको बताएको छ।
आज कलैयामा पत्रकार सम्मेलनको आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला इन्चार्ज सइम हवारीले सत्तारुढ दलका पूर्व सभासदहरुको जीवनस्तरमा आएको अप्रत्यासित सुधारले भ्रष्टाचारको पुष्टी गरेको बताउनुभयो । उहााले मध्ये एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सभासदको आर्थिक हैसियत ज्यादै उच्च हुन पुगेको भन्दै यसतर्फ नियन्त्रण गर्न राज्यले ध्यान दिनुपर्ने माग गर्नुभयो । सरकारी कार्यालयका कर्मचारीलाई भ्रष्टाचार गर्न उक्साउादै सत्तारुढ दलका नेताहरुले फाइदा लिइ रहेको मातृका यादव नेतृत्वको माओवादीको आरोप छ। भ्रष्टाचार मौलाएपनि यसको नियन्त्रणमा चासो नेदखाएको क्षेत्र नम्बर ३ का इन्चार्ज प्रभु यादवले गुनासो गर्नुभयो ।