बीरगन्ज, २० असोज \ सरकार र वीरगन्ज चिनी कारखाना पुन: संचालन संघर्ष समितीबीच सात बुादे सहमतीपछि आमरण अनशनसहित आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ । उद्योग मन्त्री अनिल झा र संघर्ष समितीका अनशनकारीबीच आज वीरगन्जको घण्टाघरस्थित आमरण अनशनस्थलमा भएको वार्तामा सात बुादे सहमतीपछि अनशन स्थगन गरिएको समितीका प्रवक्ता रमेश सर्राफले बताए । आज बिहान ८ बजेदेखि आमरण अनशन शुरु भएको पााच घण्टा बित्न नपाउादै उद्योगमन्त्री अनिल झा वार्ताका लागी वीरगन्ज आइ पुग्नुभएको थियो । सात बुादे सहमतीमा वीरगन्ज चिनी कारखाना र कृषी औजार कारखाना यथाशीघ्र पुन: सञ्चालन गरिने, दुबै उद्योगका नाममा रहेको सम्पत्ति कारखानाको प्रयोजनमा मात्र प्रयोग गरिने उल्लेख छ ।त्यस्तै चिनी कारखाना सञ्चालन भएका बेला कार्यरत १ स य९४ कर्मचारी,मदजुरको निमय अनुसार बक्यौता तलब भत्ता तत्काल उपलब्ध गराउने, सार्वृजनिक संस्थान निर्देशन बोर्डले आफ्नो नीतिगत सिफारिस गर्ने कार्य सात दिनभित्र सम्पन्न गरेर उद्योग मन्त्रालयलाई रिपोर्ट बुझाउनुपर्ने उल्लेख छ ।
मन्त्री परिषद्को बैठकमा चिनी कारखाना पुन: सञ्चालनमा ल्याउने निर्णय गर्नुपर्ने एक सुत्रीय माग राख्दै संघर्ष समितीले तेश्रो चरणको आन्दोलन अन्तर्गत आजदेखि आमरण अनशन शुरु गरेको थियो । आज भएको वार्तामा उद्योग मन्त्री अनिलकुमार झा, सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष विमल वाग्ले र संघर्ष समितीका तर्फबाट पूर्व सभासद जितेन्द्र सोनल, करिमा बेगम, प्रधुम्न प्रसाद चौहान, संघीय सद्भावना पार्टीका सहमहासचिव शिव पटेलसहित १९ जनाले हस्ताक्षर गरेका हुन् । विगत एक दशकदेखि बन्द रहेको सरकारी स्वामीत्वका वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनको माग गर्दै संघर्ष समितिले भदौ २१ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । सरकारी वर्ता टोलीको सहमति पछि संघर्ष समितिले आज अपरान्ह वीरगन्जमा विजय जुलुश निकालेको थियो ।