Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

छब्बीस प्रहरी, पदाधिकारीहरुमाथि अख्तियारमा उजुरी छिटो कारबाही गरिने– प्रहरी प्रधान कार्यालय

SHARE: 520

   वीरगंज, १५ असोज ।
विगत आठ–दस वर्षदेखि  मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका विभिन्न जिल्लाहरुमा बसेर अकूत सम्पत्ति कमाएका नेपाल प्रहरीका विभिन्न ओहदामा कार्यरत २६ जनामाथि कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टड्डाल काठमाडौं र छानबिन तथा कारबाही समिति प्रहरी प्रधान कार्यालय काठमाडौंमा उजुरी गरिएको विवरण प्राप्त हुन आएको छ ।
    मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका जिल्ला प्रहरी कार्यालयहरुमा मात्रै बसी एक ठाउँमा दरबन्दी अर्को जिल्लामा कार्यमा खटेर भए पनि भ्रष्टाचार गरेर करोडौंको सम्पत्ति आर्जन गर्ने नेपाल प्रहरीका ती व्यक्तिहरुलाई डिआइजी कार्यालयको सरुवा/बढुवा फाँटमा रहेका स.ई. गनेन्द्र घलानले संरक्षक दिने गरेको कुरा समेत प्रकाशमा आएको छ ।
    गनेन्द्र घलान नायब प्रहरी महानिरीक्षकको पि.ए. (निजी सचिव) को रुपमा रहेर ती नामूद प्रहरीहरुबाट महिनावारी मंगाई प्रहरी नायब महानिरीक्षकलाई टक्र्याउनुको साथसाथै आफ्नो भाग छुट्टै रुपमा लिएर तिनीहरुलाई सरुवा, बढुवा र काज मिलाउने काम गर्दै आइरहेका छन् । कतिपयको काज र सरुवाबारे प्रहरी महानिरीक्षक समेतलाई थाहा/जानकारी नदिई उनी आफैं मिलाउने गर्छन् । यदि कहिं कसैले ती व्यक्तिहरुमध्येबाट कसैमाथि उजुर बाजुर गर्‍यो भने ती उजुरी उनी आफ्नै घर्रामा लुकाइछिपाई आफ्नो मातहतका भ्रष्टाचारीहरुलाई जोगाउने गरेको समेत उजुरीमा उल्लेख गरिएको छ ।
    उक्त उजुरीमा उल्लिखित व्यक्तिहरुको प्रहरीमा जागिर खानुभन्दा पहिलाको आर्थिक अवस्था तथा पैतृक सम्पत्तिको विवरण र जागिर खाइसकेपछि उसको र उसको परिवारजनको नाउँमा आर्जन गरेको अकूत सम्पत्तिको विवरणबारे जाँचबुझ र छानबिन गरी कारबाही गर्न समेत माग गरिएको छ ।
    विवरणमा तपसिल बमोजिमको व्यक्तिहरुको नाउँ उल्लेख रहेको छ:
    जिल्ला पर्सा, महोत्तरी मातहत इ.प्र.का. बर्दिवासमा कार्यरत रहेको प्र.ना.नि. रामदुलार मण्डल: उनले धनुषामा रिमोटबाट ढोका खोल्ने ४ तल्ले आलिशान भवन बनाउनुको साथै आफ्नो गाउँमा ४ बिगाहा जमीन समेत जोडेको छ ।
    जिप्रका महोत्तरी मातहत सम्सी भन्सारमा सुरक्षागार्डमा दरबन्दी भई हाल इ.प्र.का. बर्दिवासमा कार्यरत रहेको प्रहरी जवान विनोद साह: निजले निजगढमा २ तल्ले घर तथा पर्साको महुवनमा आलिशान घर बनाएका छन् ।
    जिप्रका सर्लाही दरबन्दी भई हाल महोत्तरी जिप्रकाका घुमुवामा कार्यरत रहेका दीपेन्द्र सिंहले पिपरपाती पचरौतामा ३२ कोठे ४ तल्ले घर निर्माण गर्नुको साथै बारा, कलैयामा घडेरी खरिद गरेका छन् ।
    रातोमाटो गणमा दरबन्दी रहेको हाल जिप्रका धनुषामा घुमुवा रहेको प्र.ना.नि. राजकुमार सिंहले जनकपुरको रामानन्द चौकमा ठूलो घर बनाएको साथै २ वटा नाइटबस जनकपुरदेखि काठमाडौंसम्म संचालन गरेको छ । तत्कालीन डिआइजी किरण गौतमको पालामा भ्रष्टाचार गरेको कारणले निलम्बनमा परेका थिए ।
    जिप्रका नेपालगंजमा दरबन्दी रहेको हाल काजमा जिप्रका बाराको मातहत रहेको प्रहरी चौकी पथलैयामा कार्यरत रहेको प्रनानि त्रिभुवन साहले वीरगंजको नगवा पोखरी नजिक ४० लाखमा घर, कलैया र वीरगंजमा दुई कित्ता घडेरी जोडेका छन् ।
    जिप्रका मकवानपुर मातहत रातोमाटो गुल्म नं. ३ मा दरबन्दी भई रातोमाटो चेकपोष्टमा कार्यरत प्रसनि विष्णुदयाल साहले वीरगंजको बसपार्कमा ५४ कोठे घर, कलैया आर्मी क्याम्प अगाडि १३ कठ्ठा घडेरी, बाराको पिपरपाती गाउँमा १० बिगाहा जग्गा भ्रष्टाचारको रकमबाट जोडेका छन् ।
    जिप्रका भैरहवा दरबन्दी भई हाल जिप्रका महोत्तरी मातहत इप्रका लोहरपट्टीमा कार्यरत रहेका प्रनानि रामक्षेत्री यादवले वीरगंज नगवा, बाबा होटलपछाडि रु. ५५ लाखमा घर खरिद गरेका छन् ।
    जिप्रका सिन्धुली दरबन्दी भई हाल जिप्रका महोत्तरी मुद्दा शाखामा रहेको प्रसनि गोकर्ण यादवले वीरगंजको बाइपास हरियाली नजिकै हालसालै १८ लाखमा घडेरीको जग्गा खरिद गरेका छन् ।
    जिप्रका पर्सा दरबन्दी भई हाल जिप्रका बाराको मातहत प्रहरी चौकी अमलेखगंजमा कार्यरत रहेका गजेन्द्र साहले वीरगंजको भिस्वा नेशनल मेडिकल कलेज जाने बाटोमा आलिशान घर निर्माण गरिरहेको र सो घरमा लाग्ने झ्याल, ढोका, आलमारी, फर्निचर जस्ता काठका सामानहरु अमलेखगंज नजिक रहेको वनजंगलबाट काठ चोरी निर्माण गराएर गत हप्ता ट्याक्टरमा लोड गरी प्रहरी जवान प्रमानन्द यादव र प्रहरी हवल्दार लालबाबू यादवबाट स्कर्टिङ गराउँदै घर निर्माणस्थलमा पुर्‍याएका थिए ।
    जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रसनि रामबाबू यादवले २२ लाखमा वीरगंज, मुर्ली बगैंचामा (अवकाशप्राप्त लुकबहादुर थापाको घरछेउमा) १० धुर जग्गा किनेका छन् ।
    जिप्रका बाराको मातहतमा प्रहरी चौकी पिपरपातीमा कार्यरत रहेका प्रसनि रामचन्द्र यादवले वीरगंज–१३ मा ३ तल्ले घर निर्माण गरेका छन् भने रानीघाटमा ३ कित्ता घडेरी समेत खरिद गरेका छन् ।
    जिप्रका सिन्धुली मुद्दा फाँटमा कार्यरत प्रनानि महेन्द्र साहले सर्लाही मुद्दा फाँटमा रहँदा करोडौं रुपैयाँ भ्रष्टाचार गरी कलैया–वीरगंजमा दशौं कित्ता घडेरी खरिद गरेका छन् ।
    जिप्रका सिन्धुली मातहतको इप्रका कोपिलाकोटमा कार्यरत नागेन्द्र यादवले कलैया अस्पताल अगाडि जागिर गर्दाताका घर बनाउनुको साथै कलैयाको भैंसी बजार लाग्ने जग्गा र त्यहाँ रहेको २० कोठे घर तथा जनकपुरको रामानन्द चौकमा समेत ३ तल्ले घर बनाएका छन् ।
    जिप्रका बारामा दरबन्दी भई हाल जिप्रका सर्लाहीको घुमुवामा कार्यरत प्रनानि बच्चु राउत कुर्मीले विगत १० वर्षदेखि सर्लाहीमै बसी लाखौंलाख कमाएको मलगंवा, बाराको पथलैया चौकमा ३ तल्ले घर बनाउनुको साथै हालसम्म तीनवटा बिवाह गरेर तीनवटा श्रीमती राखिरहेका छन् ।
    जिप्रका सर्लाही मातहत प्रहरी चौकी महुवनगोठ दरबन्दी भई हाल इप्रका बरहथवामा घुमुवामा कार्यरत रहेका प्रहरी जवान दीपेन्द्र पासवान वीरगंज–१६ राधेमाई टोलमा २ कित्ता घडेरी र श्रीपुर, धाँगड बस्तीमा १ कित्ता घडेरी तथा भवराटार बर्वा गाउँमा ३ तल्ले विशाल घर निर्माण गरेका छन् ।
    जिप्रका बारा दरबन्दी भई प्रहरी चौकी गण्डकमा कार्यरत विजय दास बानियाँले इनर्वा बाइपास नजिक वैष्णवी हल जाने मेनरोडको मोडमै ३ तल्ले घर र सत्या सिनेमा हल, घडीअर्वा अशोकवाटिका नजिक २ कठ्ठा घडेरी तथा लड्डडी गाविसमा भव्य मकान बनाएका छन् ।  यसबाहेक चितवनमा  घुमुवा छँदा थापा थर भएको एकजना प्रहरी हवल्दार विदेश गएको बखत २ छोराछोरीसहित उनको श्रीमतीसंग बिवाह गरी बीसौं लाख रुपैयाँ ठगी गरेका छन् जसको लागि डिआइजी नवराज ढकालको पालामा कारबाही समेत गरिएको थियो ।
    जिप्रका महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक सूरज खड्काले काठमाडौं, मोरंग, पोखरा र बुटवलमा घर बनाउनुको साथै  महोत्तरी जिल्लाको छायाँ एसपीको रुपमा कार्य गर्दै अकूत सम्पत्ति आर्जन गरेका छन् ।
    जिप्रका महोत्तरी मातहतको इप्रका रामगोपालपुरमा कार्यरत रहेका प्रहरी हवल्दार सतीशकुमार मिश्राले जनकपुर, रामानन्द चौकनिर, महोत्तरीको सूर्जाहा गाउँमा र बर्दिवास चौक नजिक जग्गा खरिद गरेका छन् ।
    जिप्रका महोत्तरी मातहत इप्रका रामगोपालपुरमा कार्यरत प्रहरी जवान रामपुकार साह कानुले काठमाडौंको एअरपोर्ट र थानकोटमा रहंदा बाराको लंगडा चोक बजार नजिकै ७ बिगाहा जग्गा खरिद गर्नुको साथै वीरगंजको तेजारथ टोलमा १८ धुर जग्गा जोडेका छन् ।
    जिप्रका महोत्तरीको मातहत इप्रका रामगोपालपुरमा कार्यरत प्रहरी हवल्दार रामबाबू सिंहले जनकपुर, मलंगवा, महुवनगोठमा जग्गा खरिद गरी घर बनाएका छन् ।
    जिप्रका महोत्तरीमा कार्यरत प्रहरी हवल्दार मेजर कारी राउत कुर्मीले भूमिगतहरुसित साँठगाँठ गरी व्यापारीहरुलाई धम्की दिलाई आफू मिलापत्र गराउने भनी लाखौंलाख भ्रष्टाचार गरेर लहानको गोलबजार र जनकपुरमा घर बनाएका छन् ।
    जिप्रका पर्सा मातहतको प्रहरी चौकी महुवनमा कार्यरत रहेका प्रसनि जयेन्द्र पडितले वीरगंज, बसपार्कमा घर बनाउनुको साथै इनर्वा, रामगढवामा ३ कित्ता घडेरी खरिद गरेको साथै विगत १० वर्षदेखि पर्सामै कार्यरत रहेका छन् ।
    यसबाहेक उक्त उजुरीमा जिप्रका पर्साका प्रनानि सुरेन्द्र यादव, जिप्रका बाराका प्रनानि रविभूषण यादव र इप्रका गौशालामा कार्यरत रहेका प्रनि जयनारायण यादवको नामसमेत रहेको छ ।
    नेपाल प्रहरीका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाको मातहतमा कार्यरत रहेका यी व्यक्तिहरु माथि यथाशीघ्र कारबाही गरिने प्रहरी महानिरीक्षक कुबेरसिंह राणाको सचिवालय स्रोतले जनाएको छ । 

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: छब्बीस प्रहरी, पदाधिकारीहरुमाथि अख्तियारमा उजुरी छिटो कारबाही गरिने– प्रहरी प्रधान कार्यालय
छब्बीस प्रहरी, पदाधिकारीहरुमाथि अख्तियारमा उजुरी छिटो कारबाही गरिने– प्रहरी प्रधान कार्यालय
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/10/blog-post_4431.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/10/blog-post_4431.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content