वीरगन्ज, २१ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले तिन दलीय अकर्मण्यताको कारण मुलुकमा संवैधानिक र राजनीतिक संकट लम्बिदैगईरहेको बताउनुभयो ।
रिपोटर्स क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राणाले एकिकृत माओबादी, नेपाली कांग्रेस र नेकपा एमाले बिच अहिले भईरहेको लडाई प्रधानमन्त्री र कुर्चिकालागी भएको र यो लडाईले मुलुकलाई असफल राष्ट्र तर्फ उन्मुख गरेको बताउनुभयो ।
उहांले संवैधानिक र राजनीतिक सङकट निकासका लागि प्रमुख तीन दल र मधेसी मोर्चा सहमतिमा पुग्नुको विकल्प नभएको बताउदै असफल राष्ट्र भएपछि मुलुकमा विदेशी शक्तिको हस्तक्षेप बढ्ने दाबी समेत गर्नुभयो ।
अध्यक्ष जबराले राष्ट्रिय सरकार निर्माणकालागी तत्काल सहमति जुट्न नसके मुलुकमा तानाशाह जन्मने सक्ने बताउदै राजनैतीक अन्यौलका कारण मुलुकको सामाजिक, आर्थिक अबस्था झन् जटिल बन्दै गएको बताउनुभयो ।
सत्ता स्वार्थको कारण वर्तमान गठबन्धनको सरकारले संविधानसभा विघटन गरी मुलुकलाई संवैधानिक र राजनीतिक सङकटमा धकेलिएको आरोप लगाउँदै उहाँले अहिलेको राजनीतिक समस्या निकासको सबैभन्दा उपयुक्त विकल्प निर्वाचन नै भएको दाबी समेत गर्नुभयो ।
कुर्चिको लडाईकालागी नेताहरु लागेको हुदा यस्तो बेला गैरराजनीतिक व्यक्तिको नेतृत्वमा निस्पक्ष चुनावी सरकार गठन गरी मुलुकलाई निकास दिन उपयुक्त हुने बिचार समेत ब्यक्त गर्नुभयो ।
अध्यक्ष जबराले प्रमुख तीन दल र मधेसी मोर्चाले आ–आङ्खनो सत्ता स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका लागि गम्भिर भएर लाग्न आव्हान समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राप्रपा प्रान्तीय सरकारको पक्षमा दृढ भएर उभिएको बताउदै एकिकृत माओवादी र मधेसी मोर्चाले भनेजस्तो एकल जातीय पहिचानको आधारमा नभई हरेक प्रदेशको निर्माण बहुजातीय आधारमा हुनुपर्दछ भन्ने मान्यतामा रहेको समेत दाबी गर्नुभयो ।