ब्र.सं., वीरगंज, १० असोज ।
पकाहा मैनपुर गाविसमा स्थित स्वास्थ्य उपकेन्द्रको इन्चार्ज अस्पतालमा नहुँदा गाउँलेहरुलाई स्वास्थ्य उपचार गराउन अप्ठ्यारो परिरहेको समाचार छ ।
स्वास्थ्य उपकेन्द्र पकाहाका इन्चार्ज महेश सिंह, ग्रामीण स्वास्थ्य कार्यकर्ता जयमंगल कुशवाहा र स्वास्थ्यकर्मी देवनाथ स्वास्थ्य उपकेन्द्रमा अनुपस्थित रहेको कारण हाल चलेको भाइरल ज्वरो, निमोनिया आदिको बिरामीहरु गाउँमा बढेको हुनाले उपचार गराउन स्वास्थ्य उपकेन्द्रमा जाँदा ती कर्मचारीहरु नरहेको कारणले सास्ती खेप्नु परिरहेको उपचार गराउन अन्यत्र जानुपर्ने बाध्यता हुन आएको पकाहा निवासी राजकुमार दासले बताएका छन् । स्वास्थ्य उपकेन्द्रको इन्चार्ज लगायतका कर्मचारीहरु हप्तामा एक दिन घण्टा, दुई घण्टाको लागि आएर सम्पूर्ण हप्तादिनको हाजिरी बनाई आ–आफ्नो घर बसेर आफ्नो निजी काम गर्ने गरेको हुनाले ती स्वास्थ्यकर्मीहरुमाथि कारबाहीको मागको आवाज गाउँलेहरुले उठाइरहेका छन् ।