नेपाल ८० प्रतिशत मूलवासी मंगोल समुदाय र भारतबाट भित्रिएका २० प्रतिशत शरणार्थी बाहुन- क्षेत्रीहरुले भरिएको अविकशित देश हो । नेपालको मध्य क्षेत्रमा तामाङ मूलवासीहरुको घना बस्ती रहेको छ । नेपालको भिर पहरामा जंगल फँडानी गरी विभिन्न रोग-व्याधि प्राकृतिक प्रकोप र हिंश्रक जनावरहरुसँग जुध्दैमध्य नेपालको भूमिलाई बस्न योग्य भूमिमा परिणत गरी हराभरा बनाउने ध्येय तामाङ समुदायमा रहेको छ । पुरातात्विक भू-गर्भसम्बन्धी खोज र अन्वेषणअनुसार तामाङहरु यो क्षेत्रमा धेरै वर्ष पहिलेदेखि बसोबास गर्दै आएको प्रमाण जुटेको छ ।
यसरी लाखौँ वर्षदेखि मध्ये नेपालमा बसोबास गर्दै आइरहेका यहाँका मूलवासी तामाङ समुदायलाई शरणार्थीका रुपमा नेपाल प्रवेश गरेको जातिको रुपमा परिभाषित गर्ने दुस्प्रयास पनि भइरहेको छ । त्यसमा नेपालको समस्त मूलवासी मंगोल समुदायको इतिहास मेटाउने षड्यन्त्र लुकेको छ । तामाङ समुदायको मूलथलो रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र नेपालका केन्द्रीय राजधानी काठमाडौं वरिपरिका जिल्लाहरु नै हुन् । तिब्बत, मध्य नेपाल, भारतको आसाम, सिक्किम, दार्जिलिङ, लगायतका हिमाली र पहाडी भूगोल तथा त्यसमा रहेका उपत्यकाहरुलाई खेतीयोग्य जमिनमा परिणत गर्ने समुदाय नै तामाङ मूलवासीहरु हुन् ।
नेपालका मूलवासी तामाङहरु अहिले पनि हिन्दू काला आर्यन विदेशी बाहुन-क्षेत्रीहरुद्वारा संरक्षित जंगली युग, दास युग, तथा सामन्ती युगको जस्तै जीवन निर्वाह गरिरहेका हुँदा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुमा दास युगदेखि नै मानवता विरोधी वर्णाश्रम व्यवस्थाको विकास भइसकेको थियो । १२औँ र १३औँ शताब्दीतिर भारतीय समाजमा बाहुन-क्षेत्रीहरुकै कारण सामन्तवादको विकास भएको ठहर गर्दै हिन्दू आर्यन बाहुन- क्षेत्रीहरुमाथि मुसलमानहरुबाट ठूलो आक्रमण भएको थियो ।
यसै आक्रमणका कारण आफ्नो जिउ-ज्यान जोगाउन र अस्तित्व रक्षाका लागि ठूलो संख्यामा बाहुन-क्षेत्रीहरु नेपाल पस्न बाध्य भएर नेपाल पसेको छोटो समय अवधिमा सामन्तवादी चेतना बोकेका टाँठा-बाठा हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुले जालझेल, षड्यन्त्र र छलकपट गरी नेपालका मूलवासी मंगोल समुदायका गणराज्यहरु खोसना सफल भए । राम्रो उर्बर जग्गा र राज्य खोसिएपछि आफ्नै मुलुकभित्र निर्वासित जीवन बिताउन बाध्य भएका तामाङ समुदायलगायत नेपालका ८० प्रतिशत मूलवासी मंगोल समुदाय विदेशी हिन्दू आर्यन आक्रमणकारी बाहुन-क्षेत्रीहरुका कारण बिकट जंगलमा खोरिया फाँडी बस्न बाध्य हुनु पर्यो । त्यही निर्वासित अवस्थामा पनि पटक-पटक आक्रमणवादी विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुका विरुद्ध नेपालका मूलवासी मंगोलहरुले संघर्ष गरेका थिए । तामाङ समुदायको सन्दर्भमा पृथ्वीनारायण शाहको कथित राज्य एकीकरण अगाडि रसुवाको गोल्जुङ, गत्लाङ, भार्कु, यार्शाको सिम्बन्दी, धादिङको सेमजोङ, झारलाङ, सिन्धुपाल्चोकको हि्रस्याङगु, नुवाकोटको पाचाकन्य, ककनी, बालकुमारी, बेतिनी, काभ्रेको तिमाल, मकवानपुरको बेतिनी, लमजुङको लामाजोङ लगायतका स्थानहरुमा तामाङ समुदायका गणराज्यहरु स्थापित थिए । तामाङ समुदायका गणराज्यहरुको पूर्णतः अन्त्य पृथ्वीनारायण शाहको कथित राज्य एकीकरणद्वारा भएको हो । मूसलमानहरुको आक्रमणपछि भागेर नेपाल आएका शरणार्थी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको थिचोमिचो, उत्पीडन र शोषण दमनका कारण तामाङ समुदायको चेतनाका विकासमा अबरुद्ध हुन पुग्यो । यिनै सामन्ती हिन्दू अधिनायकवादी बाहुन-क्षेत्रीहरुको सामन्ती शासनसत्ताबाट अहिले पनि तामाङ समुदायमाथि आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, भाषिक, शैक्षिकलगायत सबै क्षेत्रमा शोषण, दमन र उत्पीडन भइरहेको छ । सामन्ती हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुद्वारा लादिएको राज्य संचालनको अमानवीय विधि वर्णाश्रम व्यवस्थाले नेपालका समस्त मूलवासी मंगोल समुदायको चेतनाको विकासमा अहिले पनि अबरुद्ध बनाइरहेको छ । नेपालमा ८० प्रतिशत मूलवासी मंगोल समुदाय र २० प्रतिशत हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुबीचको संघर्षले यहाँका मूलवासी मंगोल समुदायलाई शोषित र हिन्दू आर्यन बाहुन-क्षेत्रीलाई शासक वर्गमा रुपान्तरण गर्यो । नेपालका मूलवासी मंगोल समुदाय भारततिरबाट प्रवेश गरेका शरणार्थी हिन्दू आर्यन बाहुन-क्षेत्रीबीचको संघर्षले नेपाली भूमिको राजनीतिक र सामाजिक वातावरणमा नयाँ स्थिति पैदा भयो । चलाख, चतुरो, चेतनाको विकास र युद्धको प्रकृयासमेत भोगेर आएका आक्रमणकारी बाहुन-क्षेत्रीहरुले सजिलैसँग नेपालको मूलवासी मंगोल समुदायमाथि अमानवीय शासन चलाउन सक्यो । यसरी अल्पसंख्यक हिन्दू आर्यन बाहुन- क्षेत्रीद्वारा नेपालका ८० प्रतिशत मूलवासी मंगोल समुदायमाथि भइरहेका सबै प्रकारको शोषण दमन र उत्पीडनका विरुद्ध नेपालको मूलवासी मंगोल समुदायले समय-समयमा संघर्षहरु गरिरहेका छन् । यही कारण अहिले यो हिमाली मुलुक नेपालमा आक्रमणकारी हिन्दू आर्यन बाहुन-क्षेत्रीहरु र नेपालको मूलवासी मंगोल समुदायबीच भिषण संघर्षहरु भइरहेको छ । जसका कारण हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्रीको नेतृत्वमा रहेका शासनसत्ता आईसीयुमा राखेर मृत्युशैयामा छटपटाई रहेको बिरामीको जस्तै हुन पुगेको छ । तामाङ समुदायले विभिन्न समयमा गरेको संघर्षको बारेमा वृहत् अध्ययन, अनुसन्धान गर्न आवश्यक छ । विदेशी हिन्दू आर्यन बाहुन-क्षेत्रीको नेतृत्वमा रहेको शासक वर्गले तामाङ समुदायको गौरवमय इतिहासलाई मेटाउने काम गरेको छ । आफ्नो भिन्नै राज्य र पहिचान भएको, आफ्नो भाषा, धर्म संस्कृति र लिपिको समेत विकास भएको तामाङ समुदायको केन्द्रिकृत राज्यसमेत थियो भन्ने कुरा १३ औँ शताब्दीमा तल्लो मुस्ताङसम्म तामाङ समुदायको राज्य भएको कुराको पुष्टि तिब्बती अभिलेखमा पाइएको छ । त्यसैले तामाङ समुदायको इतिहास वास्तवमै शासक वर्गका लागि चुनौतिपूर्ण थियो । जुन कुरा अन्य मूलवासी मंगोल समुदायलाई भन्दा तामाङ समुदायलाई आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत सामाजिक क्षेत्रमा अत्यन्तै तीव्र शोषण, दमन र उत्पीडन गरेकोबाट पुष्टि हुन्छ । सामन्ती केन्द्रीय राज्यसत्ताको राजधानी काठमाडौंलाई चारैतर्फबाट घरेको, उत्तर र दक्षिणको व्यापारिक मार्ग तथा नाका रहेको रहन-सहन धर्म भाषा संस्कृति र सभ्यता भारतबाट शरणार्थीका रुपमा नेपाल भित्रिएका हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरुको भन्दा पृथक् रहेको र मुख्यतः हिन्दू आर्यन बाहुन-क्षेत्रीहरुको तथाकथित राज्य बिस्तार अभियान र प्रकृयामा भावानात्मक र भौतिक रुपमा सहयोग नगरेको, बेला-बेलामा बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध विद्रोह र लडाइँ गरी चुनौती खडा गरेका कारण तामाङ समुदाय अहिलेसम्म पनि सामन्ती बाहुनवादी राज्यसत्ताका लागि खतरा साबित भइरहेका छन् । नेपालमा हिन्दू काला आर्यनहरुको प्रवेशसँगै तामाङलगायत नेपालका समस्त मूलवासी मंगोल समुदाय र हिन्दू काला आर्यनहरुबीच भूमि र राज्यका लागि लडाइँ भएको पाइन्छ । वास्तविक लडाइँमा तामाङ तथा मूलवासी मंगोल समुदायले नै जितेको पाइन्छ । तर सामन्ती संस्कृतिद्वारा पोख्त लडाइँको अनुभवी, बाठा हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरु जालझेल र षड्यन्त्रद्वारा सोझा र इमानदार मूलवासी मंगोल समुदाय र तामाङहरुको राज्य खोस्न सफल भए । नुवाकोटको ककनीमा रुम्बा राजा, पन्चकन्यामा घले राजा, बेतिनीको नाम्सापुरान र गोल्फुमा ग्लान राजा, जिम्नाङमा ल्हो राजा, राउतबेशी नयाँ छेपारमा थिङ राजा, रसुवाको भार्कुमा मेवाङ घले राजा, गोल्जुङ, गत्लाङ, सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए । ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष अहिलेसम्म पनि रहेको छ । त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरिसंग ग्लानले पृथ्वीनारायण शाहका सेनालाई नराम्रोसँग परास्त गरेका थिए । पछि मित लगाउने र सम्झौता गर्ने बहानामा चौघडामा निःशस्त्र गोले राजालाई अमानवीय ढंगले हत्या गर्यो । सन् १७३९ मा गोर्खाका राजा नरभूपाल शाहले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभूपाल शाहका विरुद्ध कटुन्जे र सामरीका बीचमा लडाइँ गरेका थिए । उक्त लडाइँका कारण नुवाकोट आक्रमण असफल भयो । पछि सेमजोङका तामाङ वाइवा राजासँग वार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो । चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाई बसेका थिए भने तामाङ राजालाई निःशस्त्र उपस्थित गराइएको थियो । त्यसपछि षड्यन्त्रपूर्ण तरिकाले तामाङ राजालाई मारियो । वि. सं १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा रिन्छेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई नराम्रोसँग परास्त गरेका थिए । वि. सं १८१९ आस्विन २ गते शान्ति र मिला-पत्रको सन्धि गर्ने निहुँमा त्याम्राङ बेसीस्थित कोशीको किनारमा निःशस्त्र बोलाई बालुवामा लुकाई राखेको हतियार प्रयोग गरी अमानवीय र षड्यन्त्रपूर्ण ढंगले रिन्छेन दोर्जेको हत्या गरेका थिए । यसरी बाँकी रहेका तामाङ गणराज्यहरुको पनि षड्यन्त्रपूर्ण तरिकाले अन्त्य गर्यो । त्यसपछी राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक र सामाजिकलगायत हरेक क्षेत्रमा तामाङहरुलाई उत्पीडनमा पारी तामाङ समुदायलाई पूर्णरुपले समाप्त पार्ने षड्यन्त्र सामन्ती हिन्दू अधिनायकवादी सत्ताले गरिरहेको छ । हिन्दू आर्यन बाहुनवादी राज्यसत्ताका उत्पीडनका विरुद्ध आफ्नो अस्तित्व, भूमि र सत्ताका लागि बेला-बेलामा विद्रोह हुने गरेका छन् । तामाङ समुदायले इतिहासमा शासकहरुको विरुद्ध पटक-पटक विद्रोह तथा संघर्षहरु गरिरहेका छन् । तर त्यसको खोजबिन हुन सकिरहेको छैन । रणबहादुर शाह र गिर्वाणयुद्ध विक्रम शाहको पालामा सेनामा भर्ती भएका तामाङहरुले बाहुन-क्षेत्री शासकहरुले आफ्नो किपट भूमि खोसेको र आफ्नो समुदायलाई उत्पीडन गरेको भन्दै २ पटक सैन्य विद्रोह गरेका थिए । त्यसकारण तामाङ समुदायलाई सेना प्रहरी र निजामती सेवाबाट मात्र होइन बृटिश साम्राज्यवादले अपमानजनक ढंगले लादिएको गोर्खा भर्ती केन्द्रमा समेत रोक लगायो । २००७ सालको क्रान्ति र राजनीतिक परिवर्तन २०१६/१७ सालमा तामाङ समुदायका अगुवाहरुले देशव्यापी गरेको विद्रोहले तामाङ समुदायमा राजनीतिक चेतनाको आधार तयार गर्यो । यसमध्ये २०१६/१७ सालमा नुवाकोट धादिङ दार्खा खनायोबासमा भएको ऐतिहासिक तामाङ विद्रोहको महत्व तामाङ समुदायको इतिहासमा उल्लेख्य रहेको छ । उक्त तामाङ समुदायले गरेका विद्रोहलाई दार्खा- खनायोबास काण्डको रुपमा बुझ्ने गरिन्छ । भारतबाट शरणार्थीको रुपमा नेपाल भित्रिएका हिन्दू काला आर्यन सामन्ती बाहुन-क्षेत्रीहरुले चोके, ढ्याके, सूदखोर जालझेल षड्यन्त्रद्वारा धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायलाई तीव्र रुपमा शोषण र उत्पीडन गरी घरबास उठाई हली-गोठाला बस्न बाध्य बनाउँदै आइरहेका थिए । राम्रो खेतबारी, गाई-भैँसी र खसी-बाख्रा मात्र होइन कोदालोको राम्रो बींडसम्म पनि षड्यन्त्रात्मक ढंगले लुट्ने तथा तामाङ समुदायका चेली-बेटीमाथि यौनशोषण गर्नेजस्तो अन्याय र अत्याचारले सीमा नाघेपछि त्यसका विरुद्धमा २०१६/१७ सालमा रसुवा, धादिङ र नुवाकोटको तामाङ समुदायका झण्डै ३ हजार युवाहरुले विद्रोहका झण्डा उठाएकाथिए । विद्रोही तामाङ युवाहरुले भारतबाट शरणार्थीका रुपमा नेपाल भित्रिएका शोषक, सामन्त र सूदखोर बाहुन-क्षेत्रीहरुको भकारी फोर्ने, झूटा र जाली तमसुक च्यात्ने तथा जलाउने, तामाङ समुदायबाट लुटी थुपारेको धन-सम्पत्ति र जग्गाहरु कब्जा गरी वितरण गर्ने जस्ता महत्वपूर्ण कामहरु गरेका थिए । हिन्दू आर्यन बाहुनवादी राज्यसत्ता र उसका सामन्तहरुबाट तामाङ समुदायमाथि गरिँदै आएको उत्पीडनका विरुद्ध यो ऐतिहासिक तामाङ विद्रोह भएको थियो । यो विद्रोहले रसुवा, नुवाकोट, धादिङ र मकवानपुरलाई मात्र होइन देशै भरिका उत्पीडित तामाङ तथा अन्य मूलवासी मंगोल समुदायमा महत्वपूर्ण प्रभाव पार्यो भने शरणार्थी हिन्दू काला आर्यन सामन्ती बाहुन-क्षेत्री शासकहरुलाई चुनौतीपूर्ण धक्का दियो । धादिङका दामनपाखरिन, नुवाकोटका ललितमान घले तामाङ र धर्मिसंह तामाङ, रसुवाका मानबहादुर तामाङ लगायतका तामाङ नेताहरु यस विद्रोहमा संलग्न थिए । विभिन्न राजनीतिक दलमा भएका तामाङ समुदायका नेता कार्यकर्ता र सिंगो तामाङ समुदाय उक्त विद्रोहमा ९९ प्रतिशत संलग्न हुनुले यस आन्दोलनलाई तामाङ समुदायले सामन्ती बाहुन-क्षेत्रीहरुको विरुद्धमा गरेको ऐतिहासिक आन्दोलन भन्न सकिन्छ । उक्त विद्रोहलाई सामन्ती हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरुले गरेको तीव्र प्रहरी दमनलाई आन्दोलनकारी तामाङ समुदायले प्रतिरोध गर्दा ३०३ राइफल लगायतका हतियार कब्जा गरेका थिए । यसरी प्रहरी दमन असफल भएपछि हिन्दू काला आर्यन बाहुन-क्षेत्रीहरुले आफ्नो एजेन्टमार्फत् उक्त आन्दोलनलाई बदनाम गराउने उद्देश्यले लुटपाट र डकैती गरेको भनी आरोप लगायो भने अर्कोतिर सैनिक प्रयोग गरी आन्दोलन रोक्ने प्रयास गर्यो । उक्त ऐतिहासिक तामाङ समुदायको विद्रोहको क्रममा कालु तामाङलगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरुको हत्या गरे भने सयौँलाई गिरफ्तार गरी बेपत्ता बनायो । २०१७ सालमा महेन्द्र शाहले कू गरी एकदलीय अधिनायकवादी शासन व्यवस्था लादेका कारण उक्त आन्दोलन पूर्णरुपमा सफल हुन सकेन । त्यस आन्दोलनका क्रममा कब्जा गरेका सामग्रीहरु आन्दोलनकारी तामाङ समुदायले पीडितहरुलाई वितरण गर्ने तयारी गरेको भए पनि सैनिक हस्तक्षेप भएका कारण तामाङ समुदायको विद्रोहलाई दमन गर्न पुगेको दरबारीया सैनिक एजेन्टहरुले थुपार्ने काम गरेका थिए । पिपा गोश्वारा हली-गोठाला भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरुसँग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन । वर्तमान समयमा तामाङ समुदायका हजारौँ युवा-युवतीहरु आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै सामन्ती हिन्दू आर्यन शरणार्थी बाहुन-क्षेत्री शासकहरुको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि मंगोल डेमोक्रेटिक पार्टीमा एकबद्ध भएर विद्रोहको उदघोष गरिरहेका छन् र सामन्ती बाहुनवादी राज्यसत्ताका विरुद्र धावा बोलिरहेका छन् । जसका कारण बाहुनवादी सामन्ती राज्यसत्ताको अवस्था आईसीयुमा राखेको र मृत्युशैयामा छटपटाई रहेको बिरामीको जस्तो भएको छ भने हिमाल, पहाड, तराई सबैतिर बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्ध नाराहरु गुंजना थालेको छ ।
Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
Loaded All PostsNot found any postsसबै हेर्नुहोसविस्तृतमा पढ्नुहोसReplyCancel replyDeleteByहोमपेजPAGESPOSTSसबै हेर्नुहोसउस्ता उस्तै खबरLABELARCHIVEखोज्नुहोसALL POSTSNot found any post match with your requestBack HomeSundayMondayTuesdayWednesdayThursdayFridaySaturdaySunMonTueWedThuFriSatJanuaryFebruaryMarchAprilMayJuneJulyAugustSeptemberOctoberNovemberDecemberJanFebMarAprMayJunJulAugSepOctNovDecjust now1 minute ago$$1$$ minutes ago1 hour ago$$1$$ hours agoYesterday$$1$$ days ago$$1$$ weeks agomore than 5 weeks agoFollowersFollowTHIS PREMIUM CONTENT IS LOCKEDSTEP 1: Share to a social networkSTEP 2: Click the link on your social networkCopy All CodeSelect All CodeAll codes were copied to your clipboardCan not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copyTable of Content
प्रतिक्रिया