Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मंगोल डेमोक्रेटिक पार्टीको एक महिने अभियन समाप्त

SHARE: 520

मंगोल डेमोक्रेटिक पार्टीको एक महिने अभियन समाप्त
विभिन्न राजनीतिक दलका ३ हजार भन्दा बढी कार्यकर्ताहरु प्रवेश
- सम्झना तामाङ्ग
रसुवागढीः मंगोल डेमोक्रेटिक पार्टीले राजधानी काठमाडौंको उत्तरी भेगवाट संगठन निर्माणको अभियानलाई व्यापक रुपमा अगाडी बढाएको छ । यस क्रममा मंगोल डेमोक्रेटिक पार्टीले धादिङ्ग, नुवाकोट र रसुवा जिल्लामा जिल्ला तथा क्षेत्रीय र गाउँ कमिटीहरुको गठन गरेको छ । नुवाकोट जिल्ला कमिटीमा सोम बहादुर घलेको अध्यक्षतामा ४५ सदस्यीय, धादिङ्गमा सोम फ्युबाको अध्यक्षतामा ४९ सदस्यीय र रसुवामा दावा फिन्जो तामाङ्गको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ । दावा फिन्जो तामाङ्ग, तामाङ्ग सांस्कृतिकमा आधारित नेपाली भाषाको चलचित्र केवा (जन्म) को नायक हुनुहुन्छ । केवा चलचित्र यस बर्षको आदिवासी चलचित्रको प्रदर्शनीमा उत्कृष्ट चलचित्रका रुपमा मुल्यांकन भएको छ । यस चलचित्रका अर्का नायक निमा तामाङ्ग पनि पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यमा पदोन्नति हुनु भएको छ । 
२०६८ फागुन १ गते धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेसीवाट पार्टीका महासचिव सेष अषिष अलिको नेतृत्वमा संगठन विस्तार अभियानलाई अगाडी बढाएको थियो । टोलीले धादिङ्ग, नुवाकोट र रसुवाको अधिकांश गाउँहरुमा संगठन विस्तार गर्दै २०६८ चैत्र २ गते रसुवा जिल्लाको रसुवागढी आइपुग्नु भएको छ । संगठन विस्तार अभियानमा संलग्न टोलीलाई नेपाली कंग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व तहमा रहनु भएका धादिङ्ग, नुवाकोट र रसुवा जिल्लाको तामाङ्ग समुदायको नेताहरुको सहयोग र समर्थन रहेको थियो । उनीहरुलाई प्रत्यक्ष रुपमा नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवम नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दिल वहादुर तामाङ्गले ठुलो सहयोग गर्नु भएको थियो । संगठन विस्तार अभियानमा सहभागी टोलीलाई रसुवा जिल्लाको गाउँ गाउँमा स्थानीय बासीले भव्य रुपमा स्वागत गरेका थिए । धादिङ्ग र नुवाकोटको विभिन्न गाउँ क्षेत्रमा पार्टीको संगठन विस्तार अभियानलाई पुरा गरेर रसुवा प्रवेश गर्ने क्रममा अभियानमा संलग्न टोलीलाई रसुवा र नुवाकोटको सिमा क्षेत्र (ऐतिहासिक क्षेत्र बेत्रावति)मा रसुवा जिल्ला कमिटीका सदस्य सुदीप लामा लगायत सयौं रसुवाबासीले भव्य रुपमा स्वागत गरेका थिए । 
अभियानमा संलग्न टोलीले रसुवा जिल्लाको सवैभन्दा धेरै जना संख्या भएको भोर्ले गाविसमा बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । टोली भोर्ले पुग्दा रसुवा जिल्ला कमिटीका सदस्यहरु दिल वहादुर घले, शान्ति थिङ्ग, सन्तमान घले, श्याम वहादुर नेगी र जिल्ला कमिटीका कोषाध्यक्ष हि्रवाङ नोर्गे न्हेगी तामाङ्ग लगायत सयौ कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले भोर्ले, यार्शा, धैबुङ्ग, लहरेपौवा, सरमथली र राम्चे गाविसका ५०० कार्यकर्ताहरुलाई यार्शाको सिम्वन्दीमा २ दिन सम्म प्रशिक्षण दिएका थिए । 
यार्शाको सिम्वन्दीमा प्रशिक्षण कार्यक्रमलाई समापन गरी टोली रसुवाको हाँकु बेसीमा पुगेको थिए । टोली हाँकु बेसी पुग्दा टोलीलाई जिल्ला कमिटीका सदस्यहरु लाक्पा तामाङ्ग, स्ह्यिने तामाङ्ग, दावादोर्जे तामाङ्ग, दावा तामाङ्ग, रित लामा लगायत डाडाँगाउँ ठुलो गाउँ र हाँकुका विभिन्न गाउँहरुवाट आएका सयौं कार्यकर्ता र समर्थकहरुले उनीहरुलाई भव्य रुपमा स्वागत गरेका थिए । टोलीले ठुलो गाउँ, डाडाँगाउँ र हांकुका करिव ३०० कार्यकर्ताहरुलाई हाँकु बेसीमा ३ दिन सम्म प्रशिक्षण दिएको थियो । 
हाँकुको प्रशिक्षण समाप्त भएपछि टोली स्याफ्रु बेसी पुगेका थिए । टोलीलाई स्याफ्रु बेसीमा जिल्ला कमिटीका सदस्यहरु सुश्री मिङमार ग्याल्मु घले, दावा स्याङवो तामाङ्ग, छेसाङ तामाङ्ग, कर्म तामाङ्ग, कृष्ण थोक्र, च्यङपा लामा, लहावचा म्हिन्जुर तामाङ्ग, र दावा लामा लगायत त्यस क्षेत्रका सयौ कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले स्याफ्रु बेसीको ठुलो स्याफ्रुमा २ दिन सम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याफ्रुबेसी, घुन्चे, थुमान, बृद्धिम र टिम्बुरेका ३५० जना कार्यकर्ताहरुको सहभागी रहेको थियो । 
ठुलो स्याफ्रुमा प्रशिक्षण समापन भएपछि टोली जिल्लाको ऐतिहासिक गाउँ गोल्जुङ्ग पुगेका थिए । गोल्जुङ पुगेको टोलीलाई जिल्ला कमिटीका सहसचिव सुश्री फुर्पु ग्याल्मो घले, जिल्ला कमिटी सदस्यहरु सुश्री अस्मिता घले, सुश्री देग्याल्मो घले , यासा्रङ घले, सोनाम दोर्जे तामाङ, फुर्पु तेन्जेन लामा, जीतमान घले, वहादुर तामाङ्ग, वाङग्यल लामा, सेरफ तामाङ लगायत गोल्जुङ्ग र चिलिमेका कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले चिलिमे र गोल्जुङ्गका पार्टीका कार्यकर्ता र समर्थकहरुलाई २ दिन सम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ९५ जनाको सहभागीता रहेका थिए । 
गोल्जुङ्गको प्रशिक्षण समाप्त भएपछि टोली रसुवाको अन्तिम गाउँ गतलाङ पुगेका थिए । टोलीलाई जिल्ला सचिव विपिन लामा, जिल्ला कमिटी सदस्यहरु दुर्गा लामा, मिङमर तामाङ्ग, ग्याम्जो तामाङ्ग, सरोज तामाङ्ग, सुश्री सिर्जना लामा, सुश्री नबिना लामा, पेम्वा तामाङ्ग लगायतका कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले गतलाङ्गमा २ दिन सम्म पार्टीका कार्यकर्ता र समर्थकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५७ जनाको सहभागीता रहेको थियो । गतलाङ्गको प्रशिक्षण समाप्त भएपछि टोली चिलिमे, थुमन हुँदै ऐतिहासिक रसुवागढी आइ पुग्नु भएको छ । र टोलीले तिव्वत नेपाल सिमा रसुवा गढीमा पुगेर धादिङ्ग, नुवाकोट र रसुवामा पार्टीले गरेको एक महिने अभियानको समाप्त भएको घोषणा गरेको छ । 
अभियानमा सहभागीहरुलाई धादिङ्ग, नुवाकोट र रसुवाबासीले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग र समर्थन गरेको थियो ।
धादिङ्ग जिल्लाका सदरमुकाम धादिङ्गबेसीवाट पार्टीका महासविच शेष आसिष अलिले सुरु गर्नु भएको अभियानको मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्यद्वय विकास लामा र सोममाया तामाङ्गले नेतृत्व गर्नु भएको थियो । टोलीले अभियानको अन्तिम दिन तिव्वतको केरुङ बजारसंग सिमा जोडिएको रसुवाको टिमुरे गाविसका पार्टीका कार्यकर्ताहरुसंग बृहत अन्तरकृया गरेका थिए । टिमुरेमा केन्द्रीय सदस्यद्वय बिकास लामा र सोममाया तामाङ्ग, जिल्ला कमिटी अध्यक्ष दावा फिन्जो तामाङ्ग र सचिव विपिन तामाङ्गले मन्तव्य व्यक्त गरेका थिए । 
धादिङ्ग, नुवाकोट र रसुवामा भएको पार्टीको एक महिने अभियानको क्रममा त्यस क्षेत्रका एनेकपा माओवादी, नेपाली कंग्रेस, नेकपा एमाले र राप्रपाका करिव ३ हजार भन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरी मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: मंगोल डेमोक्रेटिक पार्टीको एक महिने अभियन समाप्त
मंगोल डेमोक्रेटिक पार्टीको एक महिने अभियन समाप्त
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/03/blog-post.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/03/blog-post.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content