वीरगंज, २५ माघ। शिलबन्दी गरिएको फर्निचर उद्योगमा रहेको काठ गायब गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले आज बिहान जीतपुरस्थित नेहाल समिल एण्ड फर्निचरका संचालक जहुर अंसारी, उनका छोरा समीर र अख्तर अंसारीलाई पक्राउ गरेको हो। उद्योगमा अवैध काठ चिरान गरेको सूचनाका आधारमा गएराति प्रहरीले छापामारी उद्योगमा सिल लगाए पनि संचालकले ताला खोली सिलबन्दी काठ गायब गरेको भन्दै प्रहरीले आजबिहान पक्राउ गरेको हो। यसअघि पनि बाराका ७ वटा सामुदायिक वनमा छापामारी गरी २ ट्रकभन्दा बढी काठ बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय सिमरा, एसटिएफ र वन कार्यालय बाराको संयुक्त गस्ती टोलीले सो काठ बरामद गरेको बताइएको
छ।