Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नेपालमा घोर एन्टी-बाहुन बिस्फोटक वातावरणको निर्माण भएको छ ।

SHARE: 520

भारतिया पत्रकार रामाशिषको ४५ पृष्ठा लामो सन्-सनिपूर्ण अन्तर्बार्ता पढ्नाको लागी  www.samabad.com  हेर्नु होला । 
अल्पसंख्याक बाहुन जातिको "शासन र राजनीति" मामूली झट्कामै समाप्त हुन सक्छ ।
रामाशीष, वरिष्ठ भारतीय पत्रकार
नेपालमा चार दशकदेखि कार्यरत भारतीय वरिष्ठ पत्रकार रामाशीषसँग 'मंगोल भिजन साप्ताहिक' का सम्पादक कृष्णबहादुर तामाङले गरेको विशेष अन्तर्बार्ता ।
प्रश्न : अहिले भन्छन् नि, मधेश आन्दोलनमा भारी फूट पर्‍यो ? नेताहरु निस्तेज भए, तपाईंको विश्लेषण के छ ? तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?
उत्तर : मलाई त के लाग्छ भने, मधेशी पार्टीमा जुन टुक्रा-टाक्री भइराखेका छन् नि, वास्तवमा इट इज ए गुड साइन फर द मधेशीज अन देएर पार्ट । मधेश आन्दोलनको पक्षमा यो राम्रो लक्षण छ । किन राम्रो लक्षण छ भने मात्र एकजना मधेशी थिए- गजेन्द्र नारायण सिंह, मधेशको नारा लगाउने । त्योभन्दा अघि कुलानन्द झा, वेदानन्द झाहरुले तराईका नारा लगाएका थिए । तराई कांग्रेस पार्टी पनि गठित भयो, तर त्यो प्रयास सफल भएन । वेदा बाबू पंचायत शासनमा मिल्नुभयो र पंचायतभक्त र राजाभक्तकै रुपमै उहाँको देहावसान पनि भयो । त्यसपछि जनआन्दोलन पश्चात् गठित बहुदलीय संसदीय प्रणालीको प्रतिनिधिसभामा गजेन्द्रनारायण सिंहले नारा दिनुभयो संघीयताको । 
उहाँको भनाई थियो- देशमा पाँचवटा प्रान्त या राज्यको स्थापना गरौं, ताकि देशको तीव्र विकास र सबै तप्काको जनताको शासनमा सहभागिता होस्, तर कसैले मानेनन् । उहाँलाई देशद्रोहीसम्म बताइयो, साम्प्रदायिक पनि भने । पछि त्यही तराईमा गएर बन्दुकको ट्रेनिङ्ग लिए माओवादीहरुले । आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशहरु बनाउने वचन मधेशी-मूलबासीहरुलाई दिए । त्योभन्दा अघि नेपाल सदभावना पार्टीले मात्र संघीयताका नारा लगाउँथ्यो, तर अब त्यसमा तीन-चार वटा विभाजन भइसकेका छन् । सबै भन्छन्- म सक्कली अध्यक्ष । कसैको मान्यता छ त, कसैको छैन । कुनै पार्टी त लेटरप्याड र फाइलमा मात्रै सीमित छन् । तर ती सबै टुक्राले नारा त मधेश र मधेशीहरुको अधिकारकै लगाउँछ नि ।
पहिले एकजना नारा लगाउनेको ठाउँमा अहिले चार-पाँच जना अध्यक्ष मधेशकै नारा लगाइरहेका छन् । महन्थ ठाकुर पनि नारा लगाइरहेका छन्, उपेन्द्र यादव र राजेन्द्र महतो पनि नारा लगाइरहेका छन् । विजय गच्छेदार पनि मधेशका नारा लगाइरहेका छन् । अब यी मधेशी नेताहरुले त कहिले पनि भन्दैनन् कि ल तपाईं बाजेहरु, हाम्रा पहाडिया जमिनदारहरु, मालिकहरु, हजुरहरु, मधेशमा आउनुहोस् र हामीमाथि शासन गर्नुहोस् । बरु अब त तराईबासी सबैले त यो नै भन्छन् कि मधेश-तराई हामी मधेशीहरुको हो र हाम्रो मधेशमा यहाँका भूमिपुत्र मधेशियाहरुकै शासन हुनुपर्छ ।
प्रश्न : यसको अर्थयो भयो कि मधेश जागृत भइसकेको छ ?
उत्तर : उदाहरण दिन्छु- भारतमा १९४७ मा अंग्रेजहरुका विरुद्ध सिपाही विद्रोह भयो, भारतीयहरुले अंग्रेज शासकमाथि हमला गरे, अंग्रेजी हुकुमतका विरुद्ध  हतियार उठाए । सशस्त्र विद्रोह भयो । तैपनि भारत स्वतन्त्र हुनमा कति समय लाग्यो ? भारत १९४७ मा स्वतन्त्र भयो, लगभग ९० वर्ष लाग्यो- किन गुलामी जीवन बिताइराखेका मानिसलाई संगठित हुन धेरै समय लाग्छ । गुलामीको पीडामा बसेका मान्छे संगठित हुन सक्दैन, किनकि ऊ आजीवन गरिब र दुःखी रहँदै आएको हुन्छ । त्यसैले तिनीहरुले महान् आदर्शवाद अगाल्न सक्दैनन्, आज मौका आयो भने ल मन्त्री बनौं 'आन्दोलन देखा जाएगा'- यो भावना हुन्छ- उनीहरुको मन-मस्तिष्कमा । तर यो स्थिति सधैँभरि नै कायम रहन्छ, यस्तो छैन । 
तराईमा २२ जिल्ला छन्- यी सबै २२ जिल्लामा २२ वटा मधेशी पार्टी खुल्यो मधेश थिङ्किगको पार्टीहरुको संख्या बाइस वटै भयो भने ती सबै पार्टीमा कम्तीमा दश-दश जना त नेता हुन्छन् नै । यस रुपमा अब २२० जना मधेशी नेताहरुले मधेशी मागको नारा लगाए कि लगाएनन् ? सबै मधेशकै नारा लगाउँछन् । अलि-अलि डिफरेन्स होला । यो पनि शासक, वर्गविशेष र जाति विशेषको लागि त नराम्रो लक्षण नै छ नि । म त के ठान्छु भने नेपालमा अल्पमत होइन, अल्पसंख्यक बाहुनहरुको शासन छ । यस यो भयावह स्थितिबारे पहाड र मधेशका बहुसंख्यक जनता जागृत भइराखेको छ ।
मेरो पनि भेट हुन्छ- शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, नेवार, थकाली, मनाङ्गे र तराईका जातजातिका नेता, बुद्धिजीवी तथा सामान्य जनतासँग । मैले के पाएको छु भने- सबैको दिमागमा यो 'बाहुनवादु तथा 'अल्पसंख्यक बाहुनहरुको शासन' र 'राजनीतिक पार्टीहरुमाथि कब्जा'का प्रति भयङ्कर आक्रोश विद्यमान छ । त्यसैले अब यो स्थिति धेरै दिनसम्म कायम रहँदैन । म त शासक जातिका नेताहरुलाई पनि पटक-पटक के सम्झाई रहन्छु भने भारतमा सन् १८५७ को सिपाही विद्रोहको समय त्यति जागृति थिएन, अंग्रेजहरुको थिचोमिचो थियो र साथै लोभ-लालच पनि थियो- त्यस कारणले अंग्रेजलाई धपाउन भारतीयहरुलाई ९० वर्षको समय लाग्यो । तर आजको शिक्षित-जागृत जनता, तेज मिडिया र हतियारको बिगबिगीको युगमा त्यति समय लाग्दैन । 
लगभग साढे दुई सय वर्षदेखि कायम शाहवंशी राजाको राजिसंहासन र महत्वाकांक्षी राजा ज्ञानेन्द्रको तानाशाही शासन मात्र १९ दिनको आन्दोलनमा ध्वस्त हुन सक्छ भने, यो एउटा जातिविशेष-बहुल अल्पसंख्यकको शासन धराशायी पार्न नेपालको ९० प्रतिशत शासित-शोषित पहाडी-मधेशी जनतालाई कति समय लाग्छ ? म त भेट्न आउने पहाडी-मधेशी नेताहरुलाई पनि भन्ने गर्छु कि धैर्य, इमानदारी र साहसका साथ आफ्नो हक-अधिकारको लडाइँ जारी राख्नुहोस्, तपाईहरुलाई ९० वर्ष लाग्दैन- हो ९ वर्ष त लाग्न सक्छ । तर फोरमको नाउँमा माओवादीहरुसँग मिलेर भूमिगत गतिविधि चलाई राखेको विराटनगर जेसिज प्राइमरी स्कूलको एउटा मामूली मास्टर उपेन्द्र यादवको आन्दोलनलाई हेर्दा त के लाग्छ भने परम्परादेखि चल्दै आएको 'यो अल्पसंख्याकको शासन र राजनीति' एउटा मामूली झट्कामै समाप्त  हुन सक्छ ।             किनकि आन्दोलन चर्किनुअघि त पहाड-मधेशका आम जनताले उपेन्द्र यादवको नाउ पनि सुनेका थिएनन् । तैपनि के एकै रातमा यत्रो ठूलो क्रान्ति भएन र अब फेरि योभन्दा ठूलो क्रान्ति हुन सक्दैन ? यो त म मान्दिन । आज त ठाउँ-ठाउँमा सशस्त्र समूह खडा भइसकेको छ । तिनीहरुलाई डाँका किन न भन्नुहोस् ? तर उनीहरुले नारा त मधेशकै लगाउँछन् । यो माओवादीहरुको 'तथाकथित क्रान्ति या विद्रोह' असफल भइदिएको भए विद्रोहको आरोपमा समातिएका नेताहरुलाई फाँसी हुन्थ्यो । तर ती सबैले सम्झौता गरेको छन् र राजसुख भोगिरहेका छन् । भारतको भगत सिंहलाई अंग्रेजहरुले देशद्रोही घोषणा गरे र फाँसी दिए, तर भगत सिंह आज भारतको महान शहीद तथा देशभक्त हुन् । त्यसैले जसलाई अहिले नेपालका नेता, पुलिस तथा मिडिया सशस्त्र गिरोह भन्ने गर्छन्, उही भोलिको सशस्त्र क्रान्तिकारी साबित हुन्छन् । समयको कुरा हो, जित्यो भने क्रान्तिकारी- हारे भने डाँका, अनि फाँसी ।
जुन मधेशी एउटा लट्ठी लिएर नेपाली सेना- पुलिसको सामुन्ने जान हिम्मत गरेका थिएनन्, त्यही मधेशमा दलित र शासनको थिचोमिचो भोगिरहेको जातिको- डोम, दुसाध र मुसहर जातिका केटाहरुले रिभल्वरबाट नेपाली पुलिसलाई गोली हान्ने गरेको छ- मनोबल यति उच्च भइसकेको छ । त्यस कारणले मलाई कहिले पनि लाग्दैन कि मधेशको आन्दोलन समाप्त भयो । यो समयको कुरा हो उनीहरु कहिले लालचमा फँसेर पार्टी फोर्छ, कहिले यो पार्टीमा जान्छ त कहिले त्यो पार्टीमा जान्छ, तर हुँदाहुँदै तिनीहरु एकै मंचमा आउँछन् । बाहुन-बहुल प्रमुख पार्टी र सरकारको 'षड्यन्त्रकारी मनसायको बारेमा त अन्तरिम संविधानमा हस्ताक्षर गर्ने दिन नै मधेशी नेताहरुले थाहा पाइसकेका थिए । किनकि नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीको मिलोमतोमा संविधानको मस्यौदाबाट 'राज्यको संघीयता रंचना'को प्रावधानलाई नै लापत्ता गरिएको थियो र यस षड्यन्त्रको विरोधमा नेपाल सदभावना पार्टीले आफ्ना बिमति दर्जसमेत हस्ताक्षर गरेका थिए । 
यति मात्र होइन सदभावना पार्टीले प्रधानमन्त्री निवासबाट नै मधेश-बन्दको घोषणा गरे, त्यसपछि नेपालगंजमा मधेशीहरुमाथि पुलिस र सेनाबाट हमला भयो । नेपालको पहाडी सेना-पुलिसको नांगो नाचलाई मधेशीहरुले हजारौँ सीडीबाट साक्षात हेर्न पाए । अन्तमा उग्र आन्दोलनले निर्वाचन नै नहुने स्थिति उत्पन्न भएपछि अन्तरिम संविधानमा संशोधन भयो । अन्तरिम संविधानमा संघीयताको प्रावधान थपियो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशबासीको नाउँमा दोस्रो सम्बोधन गरेर मधेश आन्दोलनलाई विराम गर्न लगाए । तर गरिब-शोषित जनताको स्वघोषित मसीहा बाहुनवंशी माओवादी नेता पुष्पकमल दाहालले नेपालको सर्वोच्च पदमा विद्यमान वर्णव्यवस्था अनुसार शुद्र वर्णको राष्ट्रपति डा. रामवरण यादवलाई सार्वजनिक सभामा 'भैँसी-गोठाला' भनेर सम्बोधित गरेपछि के मधेश, के पहाड सम्पूर्ण देशको ९० प्रतिशत दलित-शोषित-पिछडिएका लोकतन्त्रप्रेमी जनता घोर अपमानित महसुस गरेका छन् र आक्रोशित छन् । 
किनकि यो अपमानपूर्ण सम्बोधन 'लगभग तीस-पैँतीस हजार निर्दोष जनताको हत्याको जिम्मेदार महान् माओवादी नेता प्रचण्डबाट भएको हो, यो कसैले मान्न तयार छैन । बरु यस घोर अपमानपूर्ण सम्बोधनलाई 'हिन्दू वर्ण व्यवस्थामा युगौँदेखि सर्वोच्च घोषित एउटा बाहुन हत्यारा पण्डितद्वारा गरिएको मानेको छ । यसै उच्च जातीय विद्वेष र घृणाको कारणले छिमेकी देश भारत खासगरी सीमा पारिको बिहार र यूपी प्रान्तमा भएका निर्वाचनहरुको परिणाम र गत तीन दशकदेखि सत्तारुढ उच्च जाति विहिन सरकारलाई उदाहरणको रुपमा हेर्न सकिन्छ ।
प्रश्न : दुर्गा सप्तशतीको रक्त-बीज राक्षसजस्तै ?
उत्तर : हो, म त जहिले पनि भन्छु एउटा राक्षसको टाउको काटिँदा हजारौँ राक्षस जन्मिने गरेजस्तै एउटा मधेश पार्टी फुट्दा वा फुटाउँदा दर्जनौँ मधेशी पार्टी र मधेशी नेता जन्मन्छ । म भन्ने गर्छु यहाँका पहाडी शासकहरुले मधेशी टुट-फुटबाट खुशी हुन पर्दैन । यी टुक्रीएका पार्टीहरुकै मोर्चा बन्न सक्छ । अहिले त भारतजस्तो देशमा २२-२४ पार्टीहरुको गठबन्धन सरकार छ भने लगभग त्यत्तिकै पार्टीको विपक्षी गठबन्धन पनि कार्यरत छन् । यहाँ भन्छन् यति पार्टीहरु भइसके । म भन्छु- इजरायलमा ४० लाखको आवादी छ र त्यहाँ ७० वटा पार्टी छन् । तैपनि कति बलियो देश छ- इजरायल, त्यो हेर्दा त मधेशीहरुको १ करोडको आबादी छ भने त्यहाँ त कम्तीमा एक सय पार्टी हुनु पर्ने ।

बाहुनहरुले मुलुकको ९० प्रतिशत जनतामाथि शासन गरी रहेकाछन् ।

नेपालमा घोर एन्टी-बाहुन बिस्फोटक वातावरणको निर्माण भएको छ ।

यी राज्यहरुमा सरकारबाट बाहुन सफाया भइसकेको छ ।

पूरै भारतमा तीन-चारवटा प्रान्तमा मात्रै चीफ मिनीस्टर ब्राह्मण छन् ।

"स्वाभिमानी बाहुन-माओवादी"हरुको स्वाभिमान कहाँ गयो ?

नेपाल समृद्धि र स्वाबलम्बन भयो भने कसैको दादागिरी चल्दैन ।

तिब्बत स्वतन्त्र भयो भने चीनमा उथल-पुथल मच्चिने सम्भावना छ ।

नेपालीले खाने नुन पनि भारतले नेपाललाई नि:सुल्क दिनु परेको छ ।

पुष्पकमल दाहालले आठ बर्षा सम्मा भारतको पाँच तारे होटलमा बसेर मौज गरे

कहाँ गयो पं. पुष्पकमल दहालको स्वाभिमान?

के भारतले तीन करोड नेपाली नागरिकलाई भारतको स्थायी दुस्मन ठानोस ?

नेपाललाई तस्करहरुको स्वर्ग बनाउने काम राजा र कम्युनिष्टहरु बाट भयो

के स्वाभिमानको कुरा गर्ने नेताहरुले भारतमा रोजगार पाएका ८५ लाख नेपालीहरुलाई फिर्ता बोलाऊने ?

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: नेपालमा घोर एन्टी-बाहुन बिस्फोटक वातावरणको निर्माण भएको छ ।
नेपालमा घोर एन्टी-बाहुन बिस्फोटक वातावरणको निर्माण भएको छ ।
http://www.samabad.com/images/10t.gif
Brahmastr Daily
https://www.brahmastra.com.np/2011/12/blog-post_22.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2011/12/blog-post_22.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content