बारा, ४ जेठ । बारा सदरमुकाम कलैयाको मुख्य बजारमा मंगलबार बिहान बम
विस्फोट गराइएको छ । उक्त विष्फोटमा परेर एक महिला गम्भीर घाइते भएकी छन्
। जिल्ला प्रहरी कार्यालयका अनुसार कलैया-६ निवासी ५० वर्षर्ीी पासपति
देवी साह घाइते भएकी हुन् । उनको दाहिने खुट्टा एवम शरीरको दाहिने भागमा
बमको र्छरा लागेको छ । कलैया अस्पतालमा प्रारम्भिक उपचार भएपछि थप
उपचारको लागि उनलाई वीरगंज लगिएको छ । अज्ञात समूहले गिलासमा विस्फोटक
सामग्री राखि त्यसलाई सकेट बमको रुप दिएको प्रहरीले जनाएको छ । विस्फोट
कसले, किन गराएको खुल्न नसकेको र यसको अनुसन्धान भईरहेको प्रहरीले
जनाएको छ । विहान ५ बजेर २५ मिनेटमा बम विष्फोट भएको स्थानीयले बताए ।
तापस सरकारको घरमा रहेको गढीमाई हेल्थ क्लिनिक सेन्टर र गढीमाई एक्सरे
सेवा अगाडि विष्फोट भएको हो ।

प्रतिक्रिया