वीरगंज २९ वैशाख । नियन्त्रण एवम् निगरानी गर्ने निकायको निष्कृयताका
कारण वीरगन्ज नगरमा सक्रिय रहेका नक्कली ध्यू उत्पादन विक्री गर्ने
गिरोहले नागरिकको स्वास्थ्यसंग खेलवाड गरिरहदा समेत सम्बन्धित निकाय मौन
रहेको पाइन्छ । वीरगन्जको रेशमकोठी वडा नं. ७ त्रिभुवन हनुमान माध्यमिक
विद्यालय नजिकै बस्ने नरसिंह साहका छोरा नितिन कुमार साहले भारतको
विभिन्न स्थानबाट जनावरको बोसो, डाल्डा, केमिकल, एसेन्स मगाई शुद्ध
ध्यूको नाममा नक्कली ध्यू उत्पादन विक्री गरिरहेका श्रोतको दावी छ ।
वीरगन्ज रहेका निगरानी नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय,
गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय, वीरगन्ज
उपमहानगरपालिकाको खाद्य प्रयोगशाला समेतले हालसम्म ध्यान नपुर्याएको
दर्ता विना संचालन यस उद्योगले डि.डि.सी. लगायत निजी डेरीका उत्पादन
ध्यूको नक्कली प्लाष्टिक पाउच र बट्टा प्याक ध्यू उत्पादन गर्ने गरेको
बताइन्दैछ । वीरगन्जको एक छापाखानासंग सम्झौता गरी विभिन्न डेरीका नाममा
लेवल छाप्न लगाई उत्पादित नक्कली ध्यू सर्म्पर्कको आधारमा विक्री वितरण
गर्न थालेका साहले उत्पादित ध्यू बजारमा पठाउदा अर्ढाई लिटर र ५ लिटरको
पानीटंकी भित्र लुकाई सो ध्यू बजारमा पठाउने गरेका छन् ।

प्रतिक्रिया