रौतहट, २३ वैशाख। एकीकृत नेकपा माओवादीको आमहडतालको मौका छोपी रौतहट वन
कार्यालय अर्न्तर्गत रंगपुर रेन्ज सातो टांडी वन क्षेत्रबाट प्रतिदिन
कांचो सालको रुखहरु कटान गरी स्थानीयबासिन्दाहरुले लाने गरेको समाचार छ।
डुमरिया गाविसको वन बहुअरी, सन्तपुर, बेटौना टोल, बेलहिया गाविसका
व्यक्तिहरुले दैनिक दर्ुइ सय कांचो सखुवाको रुख ढालेर दाउरा बनाई वन जंगल
फडानी गरिरहेको रंगपुर रेन्जका कर्मचारी बिठल मियांले बताए।
ती ग्रामीण बासिन्दाहरुले कांचो सखुवा रुखका दाउराहरु डुमरियाको वन
बहुअरी क्ष्ँेत्रमा रहेका १२ वटा इंटाभठ्ठाहरुमा रु ३ सय प्रतिक्विन्टलको
दरले बिक्री गर्ने गरेको तथा सालका गोलाइहरु छेऊमै रहेको चिरान मिलमा
बेच्ने गरेको स्थानीय बासिन्दाहरु बताउंछन्। यसरी वन कटानी गरिसकेका र
खाली रहेका जग्गा अतिक्रमण गरी सन्तपुर बेतौना टोल र बेलहियाका करिब ५ सय
व्यक्तिहरु सुकुम्बासीको नाममा टहरा बनाई अवैध कब्जा जमाएका छन्।
सो बारेमा वन कार्यालयका कर्मचारी बिठल मियांसंग सोध्दा दर्ुइ-तीनजना
मात्र हामी कर्मचारी रहेकोले आंखा अगाडि नै यसप्रकारको कार्य गर्ने
गरेकाले ज्यानको मायाले ती काठ चोर्ने र टहरा बनाई जग्गा अतिक्रमण गर्ने
सुकुम्बासीहरुलाई रोक्न सक्ने अवस्थामा नरहेको बाध्यता बताउंछन्।

प्रतिक्रिया