अधिवेशनको वन्द सत्रले बलवीर चौधरीलाई जिल्ला कमिटीको अध्यक्षमा र्सवसम्मत रुपमा निर्वाचित गरेको छ । वन्द सत्रले पदाधिकारी, खुला, भुगोल र समावेशी गरी ७७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा त्रिलोकी चौधरी, सचिवमा अध्यानन्द पाण्डे, सहसचिवमा बतहु यादव रहनु भएको छ भने सदस्यहरुमा कृष्ण पौडेल, मनोज पौडेल, किशोर शर्मा, ध्रुव साह, विष्णु ढुङ्गाना, अम्विका चौलागाई, भरत साह, राजेन्द्र कलवार, जवाहिर अन्सारी, इश्वर ढकाल, भोला अधिकारी, भिखारी व्रि्रोही, देव नारायण चौधरी, केवल चौधरी, भरत भण्डारी, सीता गुरुङ, कमला घिमिरे लगायत निर्विरोध चयन हुनु भएको छ ।
नवनिर्वाचित कमिटीलाई पोलिटव्युरो सदस्य काशीनाथ अधिकारीले गएराति नै पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने निर्वाचित कमिटीलाई केन्द्रिय सदस्य महमुद आलम, एमाले नेताहरु पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य अच्युत मैनाली, रामचन्द्र साह, सुन्दर विक लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
अधिवेसनले मुलुकको राजनीति अहिले जटिल मोडमा पुगेको भन्दै तत्काल सहमति र सहकार्य गरी गतिरोध फुकाउन प्रमुख राजनितिक दललाई आग्रह गरेको छ । नेकपा माओवादी सवैभन्दा ठूलो पार्टर्ीीएर पनि हिंसाको राजनिति नत्यागेको भन्दै तत्काल सुध्रन माओवादीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया