२०७६ श्रावण २२ बुधबार
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले पदभार ग्रहण गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा उपाध्यायलाई संघीय संरचना अनुसार कर्मचारी समायोजन गरेपछि अस्पतालको् मेसुमा नियुक्त गरेको थियो।
डा उपाध्यायले बुधबार पदभार ग्रहण गरेका हुन्। मेसुको जिम्मेवारी सम्हाले लगत्तै डा उपाध्यायले अस्पतालको विकास र विस्तारमा लाग्ने बताए। 'बिरामीले सहज रुपमा उपचार सेवा पाउने वातावरण निर्माणमा लाग्नेछु,' उनले भने।
डा उपाध्याय यसअघि मन्त्रालयमा फाजिलमा थिए। त्यसअघि उनी स्वास्थ्य बिमा बोर्डको निर्देशकका रुपमा कार्यरत थिए।
प्रतिक्रिया