Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न, आईटी अध्यान गर्न २ करोड बराबरको छात्रवृति प्रदान गरिने

SHARE: 520

वीरगंज, श्रावन १७ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्सा (क्यान फेडेरेसन) को आयोजनामा आज प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणबारे जानकारी गराउने उद्येश्यका साथ वीरगंजस्थित भिस्वा होटेलमा शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आजको युगमा समग्र विकासका लागी आईटीले ठुलो भूमीका खेलिरहेको कुरामा जोड दिएका थिए । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले आईटीको सहयोगले आज विश्व आफ्नै हाथमा रहेको अनुभुती भईरहेको बताए ।

'आईटीले नेपालमा विकासको बाधकको रुपमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको छ, 'मेयर सरावगीले भने, 'नेपाल सरकारले अहिले सानो देखि ठुलो कार्य समेतमा आईटीको प्रयोग गरिरहेकोले यो सम्भव भएको छ ।'  उनले क्यान फेडेरेसनले गरिरहेको कार्यको प्रसंशा गर्दै वीरगंज महानगरपालिका फेडेरेसन संग समन्वय गरी यस क्षेत्रमा थप यस्ता कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रहबर अन्सारीले आईटीले समाज रुपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आईटीले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । नेता रहबरले नेपालमा अहिले पनि आईटीको पूर्ण रुपले प्रयोग नभईरहेकोले यसलाई हात–हातमा पुर्याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

क्यान फेडेरेसन पर्साका अध्यक्ष आलोक चौरसियाले क्यान फेडेरेसनले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पुर्याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रुपले अगाडी बढाउन क्यानले लिएको लक्ष्यलाई सफल पार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । चौरसियाले क्यान पर्साले वीरगंजमा पहिलो पटक आईटी मेला गराउने देखि लिएर आईसीटी सेमिनार गराएर प्रदेश २ मै एउटा छुट्टै पहिचान स्थापित गरेको बताए ।

चौरसियाले एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनबाट मान्यता प्राप्त नेपालको पहिलो इञ्जिनियरिङ्ग कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहयोगमा क्यान फेडेरेसनले नेपालका ७ वटै प्रदेशहरुमा ४९ विद्यार्थीहरुलाई  १ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको छात्रावृति प्रदान गरिने समेत जानकारी दिएका थिए । छात्रावृति अनतर्गत हरेक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति र बाकी ४२ जनालाई आंसिक छात्रवृति प्रदान गरिने चौरसियाले भने । उनले फिमेल मेरिट आईटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्राहरुलाई छात्रवृति प्रदान गरिने छ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तिनजनाका दरले २१ जानलाई छात्रवृति प्रदान गरिने जानकारी गराए । उनले क्यान फेडेरेसनले सुरु गरेको फिमेल मेरिट स्कलरसिपबाट प्रदेश सरकारले सुरु गरेको बेटी बेचाओ बेटी पढाओ कार्यकर्ममा समेत बल पुर्याउने भने ।

कार्यक्रमका प्रशिक्षक क्यान फेडेरेसनका कार्यकारी सदस्य विक्रम श्रेष्ठले वित्तिय समावेशीकरणमा आईटीको महत्वा बारे प्रतुतिकरण गरेका थिए । उनले आईटीको सहयोगले समाजमा रहेको विभेद र असमावेशीकरण अन्त्य गर्न सकिने कुरामा जोड दिए । त्यसैगरी अर्का प्रशिक्षक आईएमई पेका ट्रेनर माधव कटवालले डिजिटल वित्तिय सेवाहरु र वित्तिय क्षेत्रमा नेपाल सरकारको नीति तथा नियमहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्यान फेडेरेसनका केन्द्रिय अध्यक्ष हेमन्त चौरसिया, भारतिया  महावाणिज्य दुतावासका डा. कोत्रास्वामी एम, राष्ट्रिय गाउँपालिका संघ प्रदेश २ का अध्यक्ष तथा पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, क्यान फेडेरसनका महासचिव रन्जीत पोदार, उद्योग वाणिज्य संघका केन्द्रिय कार्यक्रारी सदस्य पंकज जलान, क्यान फेडेरेसनका केन्द्रिय कार्यकारी सदस्य भुपाल श्रेष्ठ, दिपेन्द्र राज सिंह, क्यान फेडेरेसनका प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, दिपक साह, जीवन प्रकाश गुप्ता, स्थानिय तहका जनप्रतिनिधि, क्यान पर्साका अन्य सदस्यलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान फेडेरेसनका प्रदेश सचिव सरोज बाबु न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न, आईटी अध्यान गर्न २ करोड बराबरको छात्रवृति प्रदान गरिने
वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न, आईटी अध्यान गर्न २ करोड बराबरको छात्रवृति प्रदान गरिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_H0o8aXshvWkMES-YQtTuQ_wquXwTMLORaO8TSRVnj0i7jlMFL53H2szkh_ozsnUbTlsrsPFczokqqTciFUGKbAnvnlfun7lqh2drwHJME9QVxWQhiCruwd7kT_zTqr5BRd8jCZILO4Z6/s320/GO-1-733767.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_H0o8aXshvWkMES-YQtTuQ_wquXwTMLORaO8TSRVnj0i7jlMFL53H2szkh_ozsnUbTlsrsPFczokqqTciFUGKbAnvnlfun7lqh2drwHJME9QVxWQhiCruwd7kT_zTqr5BRd8jCZILO4Z6/s72-c/GO-1-733767.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/08/blog-post_36.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/08/blog-post_36.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content