वीरगंज, २३ असार ।
वीरगंज महानगरपालिकामा सनचालित विभिन्न विकास निर्माणका योजनाहरूको सोमवार स्थलत अवलोकन गएिएकोछ । वीरगंज महानगरपालिकाका कार्यकारी प्रमुख उमेश बस्नेतको नेतृत्वमा कर्मचारी, प्राविधीक, जनप्रतिनिधी र सनचारकर्मीहरू सम्मिलित टोलीले विभिन्न वडामा भइरहेको विकास निर्माणका ठुला तथा साना योजनाहरूको स्थलगत अनुगमन अवलोकन गरेको हो । वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारीमा निर्माण भइरहेको मुशहर समुदायको एकीकृत नमुना वस्ती, वडा नम्बर १७ अलौमा निर्माणिधीन पोखरी र मन्दिर, वडा नम्बर २५ मौजे सिरिसियामा निर्माणधिन सामुदायीक धर्मशाला एंव विवाह भवन, वडा कार्यालय भवन र अन्य वडाहरूमा निर्माण गरिएको सडक कालो पत्रेको सोमवार बिहान स्थलगत अवलोकन गरिएको हो । विकास निर्माणका योजनाहरूको अवलोकनका क्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत उमेश वस्नेतले वीरगंज महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसकेका र अहिले निर्माणाधीन अवस्थामा विकास निर्माणका योजनाहरूको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।उहाले वीरगंज महानगरपालिकाले विकास निर्माणको गुणस्तरियतामा जोड दिदै आएको बताउदै त्यसमा कुनैपनि प्रकारको समझौता नगरिने बताउनु भयो ।महानगर, संघ वा प्रदेश जुन सुकै बजेटबाट विकास निर्माणको कार्यभएपनि महानगरमा निर्माणाधीन विकास निर्माणको योजनाहरूको महानगरपालिकाबाट निरन्तर निरिक्षण एवम अनुगमन गर्दै आएको भन्दै उहाले गुणस्तरमा भने महानगरपालिकाले कुनै सम्झौता नगर्ने गरेको जिकिर गर्नु भयो । महानगर क्षेत्रमा भइरहेका विकास निर्माणका कामममा जनप्रतिनिधी र स्थानीयवासीले पनि निगरानी राख्नु पर्नेमा उहाले जोड दिनुभयो । अवलोकन टोलीमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतका साथै कार्यपालिका सदस्य सुशिल साह कानु, महानगरपालिकाको योजना महााशखा प्रमुख अखलाक सिद्धिकीका साथै योजनामहाशाखाका इन्जिनियद्धय हेमन्त बर्मा र रबिकेश झा लगायत सनचारकर्मीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया