रौतहट– रौतहटमा पोखरीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा इँटाभट्टाको पोखरीमा डुबेर ११ वर्षीय अनिश साह र आठ वर्षीया कल्पना साहको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु दाजु–बहिनी हुन्।
उनीहरु सर्लाहीको हरीपुर नगरपालिका–४ का संजय साहका छोराछोरी रहेको प्रहरीले जनाएको छ।
इँटाभट्टा कारण बनेको खाल्टोमा जमेको पानीमा खेल्ने क्रममा उनीहरुको मृत्यु भएको हो। उनीहरुको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।
प्रतिक्रिया