बारा २५ प्रसौनी ।
देशका बिभिन्न स्थानमा हाँस्यास्पद रुपमा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बारामा पनी हाँस्यास्पद रुपमै सुरुवात भएको छ । अर्थात प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाराको प्रसौनी गाउँपालिकाले बृक्षरोपण अभियान सुरु गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्र प्रसौनी गाउँपालिकाको अयोजनामा बुधवार विहान गाउँपालिकाको वडा नम्बर तिन स्थित सडक किनारमा बृक्षरोपण गरेर कार्यक्रम थालनि गरिएको गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले बताए । ईलाक प्रहरी कार्यलय प्रसौनी र स्थानियहरुको सहयोगमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको वडा नम्बर तिनका वाड अध्यक्ष बैजु गुप्ताले बताए । कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका मनोरञ्जन पार्क, सडक पेटी, बिद्यालय भवन, र सार्वजनिक कार्यालयमा बृक्षरोपण गरिनेछ । रोजगारी पाएकाहरुले एक महिनासम्म रोपिएका बिरुवाको संरक्षण समेत गर्नेछन् । बृक्षरोपणपछी पानी पटाउने, छेकबार गर्ने र हुर्काउने उनिहरुको जिम्मेवारी रहेको वाड अध्यक्ष गुप्ताले बताए ।
प्रतिक्रिया